無料イラスト【イラストAC】sudurpaschim


२०२२ अक्टोबर १६
फुकुओका
सुदूरपश्चिमेली नेपाली समाज, जापान क्युस्यू क्षेत्रिय समितिले चौथो अधिवेशन फुकुओका सहरमा यही २०२२ अक्टोबर १५ तारिक शनिबारका दिन सम्पन्न भएको छ । ‘सुदूरपश्चिमका लागि सुदुरपस्चिमेली’ भन्ने मुलनाराका साथ गठन भयको संस्थाले विश्वका विभिन्न देश लगायत जापानको विभिन्न सहरमा क्षेत्रिय समिति गठन गरी कार्यहरू अगाडि बढाई रहेको छ । अधिवेशनबाट निर्वतमान सचिब कबीराज अवस्थीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन भएको छ । जसमा बरीष्ठ उपाध्यक्षमा कृष्णराज भट्ट, उपाध्यक्षमा शिब खनाल, राम बहादुर बोहरा, इस्वर खडका, महिला उपाध्यक्षमा कोमल देवकोटा, सचिवमा पुरण बजागाइ, सह सचिवमा लोकेन्द्र धामी, कोषाध्यक्षमा चन्द्र लोथ्याल, सह कोषाध्यक्षमा रमेश विष्ट र सदस्यहरु इन्द्र ढकाल, प्रकाश खनाल, अनन्त अधिकारी, दिपक शाही, पारस कलौनी, लक्ष्मण महरा, मनोज जोशी, इशु मगर, धिर्जा जैशि, रेशम जंग क्षेत्री र दीपेन्द्र तिमील्सीना निवीरोध निवार्चीत भएका छन ।


उक्त कार्यक्रम निवर्तमान अध्यक्ष दिपु कुवरको अध्यक्षता, हाम्रो नेपाल हामी नेपाली अधियानका संयोजक धर्म अधिकारीको प्रमुख आतिथ्यता र निवर्तमान सचिव सचिब कबीराज अवस्थीको संचालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा गैर आवासीय नेपाली संध जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, सचिव देवराज उप्रेति लगातय क्युस्युका विभीन्न संघ संस्थाका प्रतिनिधीहरुको उल्लेखनीय सहभागीता रहेको थियो । साथै निवार्चीत नया कार्यसमितिको पहिलो बैठक त्यही समयमा सम्पन्न गरी संस्थाका संस्थापक अध्यक्ष दिलेन्द्र जोशीलाई प्रमुख संरक्षक र पुर्व अध्यक्ष मोहन सिह मडै र निवर्तमान अध्यक्ष दिपु कुवरलाई संरक्षकमा चयन गरेको निर्वतमान सचिव तथा नव निर्वाचित अध्यक्ष कवीराज अवस्थीले बताउनु भयो । साथै आगामी दिनमा देश तथा विदेशमा नेपाल र नेपालीको हितका लागी विभीन्न कार्यक्रमहरु गर्ने योजना रहेको पनि बताउनु भयो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *