無料イラスト【イラストAC】deusibhailo-programme


२०२२ अक्टोबर १६
फुकुओका, १९९५ सालमा स्थापीत जापानको क्युस्यु क्षेत्रको फुकुओका सहरमा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था फुकुओका नेपाल सोसाइटीले विगतका वर्षमा जस्तै यो वर्ष पनि हिन्दुहरुको दोस्रो महान चाड शुभ दिपावलीको अवसरमा सामुहिक देउसी भैलो कार्यक्रम गर्न लागेको जानकारी संस्थाका अध्यक्ष माधव सिग्देलले दिनुभयो ।


कार्यक्रम २०२२ अक्टोबर २६ तारीकका दिन बेलुका ६ बजे फुकुओकाको हाकातामा रहेको बाजेको सेकुवा रेस्टुरेन्टबाट सुरुवात गरी ७ बजे सम्म, ७ः३०बाट ८ः३० सम्म हाकोजाकीमा रहेको ससुराली रेस्टुरेन्ट र ९ बजेबाट अन्त्य सम्म वाजीरोमा रहेको गाउले रेस्टुरेन्टमा गर्ने योजना रहेको संस्थाका सह सचिब दिपक विकले बताउनु भयो । त्यस्तै संस्थाले नेपाल र नेपाली संस्कृति जापानीज समुदायमा चिनाउनका लागी स्थापना काल देखी नै विभीन्न जापानीज कार्यक्रममा सहभागी हुने तथा परदेशमा पनि नेपाली चाडवाडमा विभीन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । यस कार्यक्रममा सहभागी भै परदेशमा पनि नेपाली पन झल्कने कार्यक्रममा रमाइलो गर्न सम्पुर्ण फुकुओका बासीलाई अध्यक्ष सिग्देलले आग्रह गर्नुभयो ।

deusi-bhailo
写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *