無料イラスト【イラストAC】frindship-lions-club

फुकुओका
२०२२ डिसेम्बर २
नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबले चाटर नाइटको उपलक्ष्यको सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन ग्रिन बर्ड फुकुओका संगको सहकार्यमा डिसेम्बर १ तारीकका दिन फुकुओकाको तेन्जीन सहरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको कुरा लायन्स क्लबका अध्यक्ष भागीरथ पौडेलले जानकारी दिनु भयो । उक्त सरसफाइ कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सहयोगका लागी उपस्थीत हुनुहुने ग्रिन बर्ड फुकुओकाका भोलेन्टर तथा नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबका अग्रज तथा हालका मेम्बरहरुको विशेष उपस्थिती रहेको कुरा संस्थाका अध्यक्ष पौडेलले बताउनु भयो ।


साथै अन्य ६ दिनमा विध्यालयमा आर्थिक सहयोग, गरीब तथा जेहेन्दार विध्यार्थीलाई शैक्षिक सामाग्री वितरण, वृक्षारोपण कार्यक्रम, अपाङ विध्यार्थीलाई शैक्षिक सामाग्री वितरण, मन्दिर सरसफाइ तथा फोहोर बाकस राख्ने कार्यक्रम तथा वृद्धाआश्रममा आर्थिक सहयोग जस्ता कार्यक्रम गर्ने योजना रहेको पनि अध्यक्ष पौडेलले बताउनु भयो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *