無料イラスト【イラストAC】onoscholarship

जापानको ओनो ग्रुप कम्पनिको बिशेष सहयोगमा चलिरहेको ओनो नेपालले नेपालको विभिन्न स्थानमा ८० जना बालबालिकालाई छात्रवृति प्रदान गरेको छ। युवालाई रोजगार र बालबालिकालाई शिक्षा भन्ने मूल नाराले संचालित ओनो जापानग्रुपमा थुप्रै राष्ट्रका नागरिकहरु कर्मचारी रहेका छन। ओनो नेपालले नेपालमा गरिब तथा जेहन्दार बिधार्थीलाई पढाउने खर्च स्वरुप बार्षिक रुपमा १ जना बराबर नेपाली १० हजार बराबरको सामग्री तथा पैसा प्रदान गर्दै आएको छ।

हाल सम्म पोखरामा ४५ जना बिधार्थी ,तनहुँ भिमादमा २० जना र म्याग्दीमा रघुगंगा गाऊपालिका-८ मा १५ जना गरि ८० जनालाई गरीब तथा जहेंदार बिधार्थीहरुलाई सहयोग गर्दै आएको छ। उक्त वितरण कार्यक्रम डिसेम्बर २ तारिक शुक्रबार पोखरा र तनहुँमा सम्पन्न भएको छ भने म्याग्दीमा छिटई तयारी पुरा गरेर वितरण हुने संस्थाका सदस्य दिपक बिकले बताउनू भयो।ओनो जापानका संचालक ओनोयोसिगुचीले अझ आगामी दिनमा थप बिधार्थीहरु बढाउदै लैजान चाहेकोले बालबालिकाको पढाई राम्रो भई भबिस्य उज्वल भएको हेर्न चाहेको बताउनुभयो। ओनो नेपालका अध्यक्ष देविलाल दाहालको अध्यक्षतामा पोखरामा तथा तनहुँमा सल्लहाकार डिल्लीराम आचार्य ज्युको अध्यक्षतामा भब्य रुपमा सम्पन्न भएको कुरा संस्थाका उपाधयक्ष माधब सिग्देल ले जानकारी गराउनुभयो।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *