無料イラスト【イラストAC】mynumber-card-campaign


२०२२ अक्टोबर १३
फुकुओका, मिति २०२२ जुन ३० तारीकबाट सेप्टेम्बर ३० सम्म संचालन गरेता पनि धेरै मानिसहरुले नबनाएका कारण फेरी ३ महिना म्याद थप गरी डिसेम्बर ३० सम्म यस अभियानमा जापान सरकारबाट माइ नम्बर बनाई प्रयोग गर्ने ग्राहकका लागी डिजीटल माध्यमबाट २ मान येन दिएको कुरा सबैलाई अवगत नै छ । उक्त अभियानमा माइ नम्बर कार्ड बनाइ प्रयोग गर्ने मानिसहरुको वृद्धि भएता पनि युवा वर्ग विशेष त युनीभर्सिटी विद्यार्थीहरुले खासै प्रयोग नगरेका कारण फुकुओका सहरले १९ वर्ष देखी २२ वर्षसम्मका व्यक्तिहरुलाई लक्षीत गरी अभियान चलाएको जानकारी हामीले फुकुओका सहरको आधिकारीक वेवसाइटबाट लीएका छौ ।


फुकुओका सहरको विभीन्न प्रशासनिक कार्यहरु गर्दा माइ नम्बर कार्डको प्रयोग गरी सेवा लीने १९ वर्ष देखी २२ वर्ष उमेर समुहका व्यक्तिहरुले अनलाइन आवेदन प्रकियाबाट सहभागी भएकाहरुमध्येबाट इलेक्ट्रोनीक उपहार प्रमाणपत्र चिठ्ठा कार्यक्रमबाट छनौट गरीने छ । माई नम्बर कार्ड प्रयोग गरी यस कार्यक्रममा भाग लिन इच्छुक व्यक्तिहरुले आवेदन दिन सक्नुहुनेछ ।

सहभागीहुनका लागी पालना गर्नुपर्ने सर्तहरु
१. सन २०२२ मा १९ वर्ष देखी २२ वर्षको विचमा उमेर भएका जो कोही (जन्म २ अप्रील २००० देखी १ अप्रील २००४बीच )
२. आवेदन दिने मितिमा फुकुओका सहरको आधारभुत निवासी दर्ता भएको हुनु पर्ने ।
३. डिजीटल माइ नम्बर कार्ड प्राप्त गरेको व्यक्ति हुनु पर्ने ।
(अभियान सुरु हुनुभन्दा पहिला माइ नम्बर कार्ड प्राप्त गरेको व्यक्ति पनि सहभागी हुन पाउने छन ।)

यस अभियान मिति २०२२ अक्टोबर ३ तारीक देखी २०२३ मार्च १९ तारीक सम्म संचालन गरी छनौट हुने सहभागीहरु २ समुहमा विभाजन गरी पुरस्कार वितरण गरीने छ । QUO कार्ड पे भुत्तानी २०,००० येन १००जनालाई र QUO कार्ड पे भुत्तानी ५,००० येन ६००जनालाई दिइने छ । QUO कार्ड पे जुन एप डाउनलोड गरेर या नगरीकनै कम्वीनी या सुपर मार्केमा प्रयोग गर्न सकिन्छ ।
छनौट भएका सम्पुर्णलाई फुकुओका सहरबाट सम्पर्क गरी २ हप्ता भित्रमा आवेदनको समयमा दर्ता गरेको इमेलमा विवरण पठाइने छ । अभियानको जानकारीका लागी फुकुओका सहरको आधिकारीक वेवसाइटमा हेर्न सक्नुहुनेछ ।

त्यस्तै माइ नम्बर कार्डको आवेदन कसरी दिने भन्ने समस्यामा हुनुहुन्छ भने वडा कार्यालयहरु तथा सेवा केन्द्रहरुमा निशुल्क सहयोग सहित निःशुल्क फोटो खिच्ने व्यवस्था पनि रहेको हुन्छ ।

mynumber-camapign-fukuoka-city
写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *