無料イラスト【イラストAC】


फुकुओका
फेबु्रअरी २७
जन सम्पर्क समिति क्युस्यु ओकीनावाको आयोजनामा फेबु्रअरी २६ तारीकका दिन फुकुओकामा सम्पन्न भलिबल प्रतियोगीतामा गल्कोट समाज जापानको भलिबल टिम प्रथम भएको छ । जापानको विभीन्न क्षेत्रका १२ वटा टिमको सहभागीता रहेको प्रतियोगीताको फाइनल खेलमा गल्कोट समाज जापानले पर्वत समाज जापानलाई लगातार २५–२३, २६–२४,२६–२४ ले लगातार ३ खेलमा जित हात पारी उपाधि कब्जा गरेको थियो । प्रथम र दिप्तीय हुने टिमले क्रमशः ३ लाख येन र १ लाख ५० येन सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारेका छन । उक्त प्रतियोगीताको उत्कृष्ठ खेलाडी राजन मल्ल, उत्कृष्ठ सटर भविन थापा र उत्कृष्ठ डिफेन्डरको उपाधि मनोज केसीले प्राप्त गरेका थिए ।


२०१२ सालमा स्थापना भएको गल्कोट समाज जापान भलिबल टिमले १० वर्षको अन्तरालमा जापानमा भएका धेरै साना ठुला उपाधि आफ्नो कब्जामा पारी जापानको भलिबल क्षेत्रमा एक छत्र राज गरीराखेको छ ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *