無料イラスト【イラストAC】セミナー

डिसेम्बर ८
फुकुओका

गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमिति क्युस्यु, फुकुओका नेपाल सोसाइटी, हाम्रो नेपाल हामी नेपाली अभियान, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब, जनजाती महासंघ क्युस्युको संयुक्त आयोजना तथा फुकुओका सिटी, फुकुओका बाणिज्य दुताबास, फुकुओका योकातोपिया जाइदान र फुकुओका अध्यागमन ब्यूरोको सहयोगमा फुकुओकामा बसोबास गर्ने नेपालीहरुका लागी आगामी दिनमा विभीन्न समस्यासंग जुध्न सहयोग पुराउने मुख्य उद्देश्यले २०२२ डिसेम्बर २१ बुधबारका दिन LIVING SUPPORT SEMINAR BY FUKUOKA IMMIGRATION कार्यक्रमको आयोजना गर्न लागेको जानकारी एनआरएनए क्युस्युका संयोजक अर्जुन बगालेले जानकारी दिनुभयो ।


कार्यक्रममा अध्यागमन (इमिग्रेसन) ब्यूरोबाट बिद्यार्थी भिषा, वोर्किंग भिषा, एजुकेन भिषा तथा अन्य भिषाको इन्चार्जहरुको प्रत्यक्ष सहभागीतामा भिषा आबेदन र यसका प्रक्रियाका बारेमा जानकारी गराउनु हुनेछ । त्यस्तै भिषा सम्बन्धि आफ्नो समस्याबारे इमिग्रेसनसंग प्रत्यक्ष प्रश्न समेत गर्न सकिने व्यवस्था गरिएको कुरा संयोजक बगालेले बताउनु भयो ।
कोरोनाको कारणले उक्त कार्यक्रममा जम्मा १०० जना मात्र सहभागि गराउन सक्ने हुदा समयमै सहभागीताको लागि गुगल फर्म मार्फत आबेदन फारम भरी आफ्नो सिट सुरक्षीत गर्नका लागी आयोजकले अनुरोध गरेको छ । साथै १०० जना पछि आबेदन आएमा कार्यक्रममा सहभागी गराउन असमर्थ हुने जानकारी पनि आयोजकले गराएको छ ।


थप जानकारीको लागि एनआरएनए क्युस्यु र आयोजक सस्थाहरुसंग सम्पर्कको लागि हार्दिक अपिल गर्नुभएको छ ।

कार्यक्रम हुने मिति, समय र स्थानमा हुनेछ
मिति :- २०२२ डिसेम्बर २१ तारिख (बुधबार)
समय :- साझ ५ बजे बाट
स्थान :- 福岡市博多区博多駅東१丁目१६-१४ リファレンス駅東ビル ५ तला
सहभागीताका लागी तलको लिङ्कबाट फारम भर्नुहोला

在留支援セミナー

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *