無料イラスト【イラストAC】galkot-samaj

फुकुओका
डिसेम्बर ८

विगतदेखि नै हरेक नया वर्षहरुमा सांगीतिक कार्यक्रम गर्दै गल्कोट समाज जापानले विगतका २ वर्षमा कोभिड १९ को महामारीका कारण कार्यक्रम गर्न नसकेकोमा यस वर्ष जापानको चारवटा शहरमा व्यापक तयारीका साथ चर्चित कलाकारको उपस्थितिमा कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रम गल्कोट क्षेत्रमा स्वास्थ्य क्षेत्रको सहयोगार्थ हुन लागेको कार्यक्रमका लागि भर्सटाइल कलाकारको छवि बनाएका गायक प्रकाश सपुत, छोटो समयमै नेपाली सांगीतिक क्षेत्रमा सर्वत्र छाएकी गायिका रचना रिमाल, सुगम तथा मौलिक लोकगीतका सर्जक श्रीकृष्णबम मल्ल र आफ्नो आवाजमै मौलिकपन दिइरहेका ईश्वर सिंहको उपस्थितिमा सांगीतिक धमाका २०२३ गर्न लागिएको कार्यक्रम संयोजक रत्नसिंह बस्नेतले बताउनु भयो ।

सामाजिक उत्तारदायित्वका लागि समाजले विगतका वर्षमा गर्दै आएको नियमित कार्यक्रम अन्तरगत यस वर्ष जापानका चार शहर अन्तरगत फुकुओकामा डिसेम्बर २७, ओसाकामा डिसेम्बर ३१, नागोयामा जनवरी १ र टोकियोमा जनवरी २ तारिक कार्यक्रम गरिने समाजका प्रवक्ता दिलिप कंडेलले जानकारी दिनुभयो ।


कार्यक्रमबाट संकलित रकमबाट गल्कोट लगाएत नेपालका बिभिन्न ठाउमा भौतिक संरचना निर्माण तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको समाजले यस बर्ष गल्कोट क्षेत्रमा स्थानीय सरकारसँगको आवश्यक समन्वयमा त्यहाका नागरिकलाई प्रत्यक्ष सेवा र लाभ प्रदान गर्ने गरि स्वास्थ्य क्षेत्रमा आवश्यक सहयोग रकम संकलनका लागि यस वर्षको सांगीतिक धमाका गर्न लागिएको समाजका महासचिव लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।

पछिल्लो समयका अत्यन्त चर्चित तथा धेरैको रोजाईमा परेका कलाकारहरु प्रकाश सपुत, रचना रिमाल, ईश्वर सिंह र श्रीकृष्ण बम मल्लको सांगितिक प्रस्तुतीले नयाँ वर्षको कार्यक्रम अत्यन्त रमाईलो हुनेमा प्रवक्ता कंडेलले बिश्वास व्यक्त गर्दै भने नेपाल लगाएत विदेशमा समेत दर्शकबाट रुचाइएकी गायिका रचना रिमालको जापानको कार्यक्रम पहिलो भएको हुदा पनि दर्शकको उल्लेख्य उपस्थिती रहने अनुमान गरीएको छ । बागलुङ जिल्लाको गलकोट क्षेत्रबाट बिभिन्न पेशा, रोजगारी तथा अध्ययनका लागि जापान प्रवेश गरेका हामी गल्कोटेको साझा संस्था गल्कोट समाज जापान “हाम्रो गाउ हाम्रो ठाउ, हातेमालो गरी सम्वृद्ध गराऔ” भन्ने भावनाका साथ गल्कोट क्षेत्रको सामाजिक, आर्थिक, सास्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गलकोट क्षेत्रको साथै राष्ट्रको विकासमा टेवा पु¥याउने उद्देश्यले सन् २००६ मा स्थापना भै जापानमा क्रियाशील संस्था हो । आगामी दिनमा पनि विभीन्न कार्यक्रमहरु गर्दै अगाडी बढ्ने योजना रहेको संस्थाको अध्यक्ष कालीका थापाले बताउनु भयो ।

जापानको विभीन्न क्षेत्रमा हुने कार्यक्रमहरु निम्नानुसार रहेको छ ।
१. फुकुओका डिसेम्बर २७ दिनको ४ बजेबाट ८ बजे सम्म
२. ओसाका डिसेम्बर ३१ दिनको ५ बजेबाट १० बजे सम्म
३. नागोया जनवरी १ दिनको ३ बजेबाट ८ बजे सम्म
४. टोकीयो जनवरी २ दिनको ३ बजेबाट ८ बजे सम्म

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *