無料イラスト【イラストAC】chadke

फुकुओका 

फेबु्रअरी २०

अहिलेको चर्चित अभिनेताको रुपमा चिरपरिचीत अनमोल केसी ‘छड्के २’ मार्फत नयाँ विधामा हात हाल्दैछन् । आफूलाई परफेक्ट प्रेमी केटाको रूपमा प्रमाणित गरिसकेपछि, उनी अब आफ्नो बहुमुखी प्रतिभा परीक्षण गर्न तयार भएका छन् । ‘२.० छड्के’ टिमले चलचित्र फागुन १९ बाट एकैसाथ देशभर प्रर्दशन भएता पनि जापानको फुकुओकामा फागुन २७ (मार्च ११) मा हुन लागेको फुकुओकाका आयोजक म्याकुरी फुकुओकाका म्याक भाइले बताउनु भयो । 

चलचित्रको पोस्टरमा छड्के बाइक र लुक्सको हस्ताक्षर छ । अभिनेता अनमोल केसीको ग्याङ्गस्टर लुक गजबको छ । यसअघि अनमोलको अवतारमा कहिल्यै नदेखेको लुक्स यस चलचित्रबाट दर्शकहरुले देख्न पाउने छन । जसमा अनमोलको  अनुहारमा रगतको धब्बा, आँखामा क्रोध,  हातमा रगतले भरिएको हतियार, मितिले ट्याटु गरिएको छाती जस्ता कुराहरुले गर्दा पनि दर्शकले आज सम्मको भन्दा उक्त चलचित्रबाट अनमोलको घातक रुप पनि देख्न पाउने आशा गरेका छन । चलचित्रमा अनमोलको छातीमा भएको ज्ञढढद्ध मिति ट्याटू जीवन्त छ । यो बदला लिने गुण्डाको कथासँग मितिले के सम्बन्ध राख्छ भन्ने कुरा रिलिजपछि थाहा हुने निर्माता टिमले बताएको छ ।

सन् २०१३ मा रिलिज भएको ‘छड्के’ नेपाली सिने उद्योगमा एउटा पथ ब्रेकिङ सिनेमा मानिन्छ । निर्देशक निगम श्रेष्ठ ‘छड्के २’ मार्फत अर्को ट्रेण्ड सेटिङ सिनेमा ल्याउने तयारीमा छन् । निर्देशकले २।० संस्करण नयाँ कथा भएको र अघिल्लो भागसँग नजोडिएको बताए । काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकनका लागि ६० दिन छुट्याएको थियो । ‘छड्के २’ मा अनमोल केसी, रोबिन तामाङ, कमलमणि नेपाल लगायतका कलाकारहरुको अभिनय गरेका छन । चलचित्रलाई प्रशान्त गिरी र देवकुमार श्रेष्ठले निर्माण गरेका हुन् भने निर्वाण फिल्म स्कुलको लगानीमा लक्ष्मण काफ्ले कार्यकारी निर्माता रहेका छन् ।

आजकल परदेशमा रहेका नेपालीहरुमा पनि नेपाली चलचित्र प्रतिको मायाले गर्दा देशमा मात्र नभै विदेशबाट पनि चलचित्रको राम्रो आम्दानी हुने गरेको छ । त्यसै सन्दर्भमा जापानको फुकुओकामा पनि प्रदर्शन गर्न लागेको आयोजकले टिकट अग्रीम बुकीङ्गको २,००० येन, डोर सेल २,५०० येन र भिआइपि १०,००० येन राखेको छ । चलचित्र मार्च ११ मा फुकुओकाको मिनामी सिमीन सेन्टरको हलमा प्रदर्शन गर्न लागीएको छ । फुकुओका म्याकुरी गु्रपले आज भन्दा पहिला पनि विभीन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *