無料イラスト【イラストAC】scholarship

डिसेम्बर १७
फुकुओका

युवालाई रोजगार र बालबालीकालाई शिक्षा भन्ने मुल नाराका साथ विगत १८ वर्ष देखी जापानको फुकुओका शहरमा संचालीत ओनो गुरुप कम्पनीको सहयोगमा सन २०१९ बाट संचालीत ओनो नेपालले नेपालको विभीन्न क्षेत्रमा गरी करीब ८० जना बालबालीकाहरुलाई छात्रवृती वितरण गरेको छ । ओनो गुरुपमा नेपाल, भियतनाम लगाएत विभीन्न देशका करीब १२० जना विदेशि नागरीकहरु जापानमा कार्यरत छन । ओनो नेपालले नेपालमा गरीब तथा जेहेन्दार विध्यार्थीहरुको शैक्षिक खर्च बापत प्रतिव्यत्ति वार्षिक रुपमा १० हजार नेपाली रुपैया बराबरको सामाग्री तथा नगद वितरण गर्दै आइरहेको छ ।

हाल सम्म पोखरामा ४५ जना, तनहुँको भिमादमा २० जना र म्याग्दीमा १५ जना गरि ८० जना गरीब तथा जहेंदार बिधार्थीहरुलाई सहयोग गर्दै आएको छ । उक्त वितरण कार्यक्रम डिसेम्बर २ तारिक शुक्रबार पोखरा र तनहुँमा र डिसेम्बर १७ तारीक सनिबारका दिन म्याग्दीमा सम्पन्न भएको जानकारी ओनो जापानमा कार्यरत कर्मचारी तथा ओनो नेपालका सदस्य दिपक बि.कले दिनुभयो । ओनो जापानका संचालक ओनोयोसिगुचीले अझ आगामी दिनमा बिधार्थीहरुको संख्या बढाउदै लैजाने र बालबालीकाको पढाइ राम्रो भै भविष्य उज्ज्वल भएको हेर्ने चाहाना रहेको बताउनु भयो । साथै ओनो जापानले नेपालमा मात्र नभइ कम्बोडियामा पनि करीब ३०० जना विध्यार्थीहरुलाई सहयोग गर्दै आइरहेको जानकारी बि.कले दिनुभयो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *