無料イラスト【イラストAC】majul-miteri


जापान
२०२२ सेप्टेम्बर २४

जापानको कुमामोतो शहरमा बसोबास गरी जापानको पहाडमा नेपाल र नेपालीको पहिचान बुद्धको सालीक निर्माणमा आफ्नो पसिना बगाउदै नेपाल र नेपालीलाई चिनाउदै आउनुभएका कवि मन्जुल मितेरीले जापानको व्यस्त समयका बाबजुत पनि नेपाली साहित्य क्षेत्रमा दिनु भएको निरन्तरताको एक पहिचान नयाँ कविता संग्रह “कामी”को विमोचन मिति सार्वजनीक भएको छ । उक्त कविता संग्रह २०७९ कार्तिक १२ गते शनिबारका दिन नेपाली साहित्य समाज, उर्लाबारीको आयोजनामा विमोचन हुन लागेको हो र उक्त कार्यक्रमका लागी कवि मितेरी जापानबाट नेपाल जादै हुनुहुन्छ । “कामी” कविता संग्रह कवि मितेरीको तेश्रो साहित्यिक कृति हो । यसअघि उहाँद्वारा लिखित २०५७ सालमा “आस्था” संयुक्त कविता संग्रह र २०७१ मा “अर्काको देशमा” कथा संग्रह प्रकाशन भईसकेको छ ।

bimochan-samaroha

“कामी” कविता संग्रहमा दशबर्ष अघिदेखिका कविताहरु संग्रहित छन् । यस कविता संग्रहमा अधिकांश कविताहरु जापान बसाईको अवधीमा लेखिएका कविताहरु छन् । यस पुस्तकमा ३८ ओटा संग्रहित कविताहरुमा प्रेम, जीवनदर्शन, चिन्तन, चेतना र विकृती विसंगतिविरुद्धका भावहरु समेटिएको कुरा कवि मन्जुल मितेरीले एफएन न्युजलाई बताउनु भयो ।

अधिकांश समय मूर्तिकलामा खर्चिनु परे पनि यही दौरानमा लेखिएका कविताहरुको संगालो “कामी” कविता संग्रहका लागि सम्पुर्ण महानुभावहरुको चासो र स्नेहका कारण आफू निक्कै नै उत्साहित रहेको जानकारी कविले दिनुभयो । जापानमा रहेका सुभचिन्तकहरुका लागी नेपालबाट फर्केर आउने बेलामा उक्त कृति लिएर आउने जानकारी दिदै इच्छुक महानुभावले फेसबुक मार्फत जानकारी गराइदिनुहुन अनुरोध गर्नुभएको छ ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *