無料イラスト【イラストAC】

हिरोशिमा

अप्रिल १४

जापानको फुकुयामा शहरमा पहिलो नेपाली राष्ट्रीय कलाकारहरुको उपस्थिती सहित नया बर्ष २०८० को अवसरमा फुकुयामा नेपालि समाजद्वारा अप्रील १३ को दिन आयोजित “फुकुयामा नेपालि साङ्गितिक साझ-२०२३” कार्यक्रम भव्यताका साथ सम्पन्न भयको छ । कार्यक्रममा फुकुयामा र आसपास मा रहेको नेपालि र जापानी नागरिक गरी करिब ३०० जनाको सहभागिता रहेको थियो । फुकुयामा नेपालि समाजको संस्थापक प्रमुख सल्लाहकार समेत रहनुभयको डिबि मोक्तान को सञ्चालन र भिम गोले तामाङको सभापतित्व र एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आथित्यतामामा सम्पन्न कार्यक्रममा चर्चित टेलिभिजन कार्यक्रम “इन्द्रेनी” को प्रस्तोता कृष्ण कंडेल, नेपाल आइडल सिजन -२ बिजेता रबि ओड, हास्य कलाकार इन्द्र दोङ (खम्बे), चर्चित नेपालको पहिलो महिला चलचित्र सङ्गितकार तथा गायीका रेखा पौडेल, इन्द्रेनीको दोहोरि गायिका कृष्णा बजागाइ लगायतले साङ्गितिक प्रस्तुति दिनुभयको थियो ।

“हाम्रो संस्कृति हाम्रो पहिचान, प्रवासमा नेपालि एकता हाम्रो अभियान” भन्ने नारा तय गरेको समाजले बिश्वभर छरियर रहेको नेपालिहरुले आफ्नो देश, भेष भुषा, भाषा, धर्म र संस्कृतिको प्रवास समेत प्रबर्द्दन गरि संरक्षण एबम बिकास गर्ने आम युवाको जिम्मेवारि रहेकोले आफुहरुले त्यस अभियानलाइ अगाडि बढायको कुरा डिबि मोक्तानले बताउनुभयको थियो । हाल फुकुयामा शहर मा करिब १०००-१५०० जना नेपालि बिद्यार्थि, कर्मचारी एबम ब्यबसायिहरु बसोबास गरिरहेको र आम नेपालिहरु बिच सौहार्दपुर्ण सांस्कृतिक एकता कायम राख्न आफुहरुले अगुवाइ गरिरहेको कुरा भिम गोलेले बताउनुभयको थियो । कार्यक्रम आयोजनार्थ हेराल्ड मेडियाका अध्यक्ष एबम क्यारिकेचर कलाकार समिर लामाद्वारा जापान-नेपाल समन्वयात्मक भुमिका निर्वाह गर्नुको साथै कार्यक्रममा सहभागी हुनुभयको थियो। समाजले आयोजना गरेको उक्त कार्यक्रमलाइ स्थानिय धेरै नेपालि ब्यबसायिहरुले प्रायोजन गरि सहयोग गरियकोले यति धेरै ठुलो कार्यक्रम दर्शकहरुको बिच निशुल्क रुपमा आयोजना गर्न सकियको कुरा बताउनुभयो । ५ ओटा केन रहेको च्युउगोकु चिहोउ भित्र नै पहिलो पटक यो खालको बृहत कार्यक्रम सम्पन्न भयको हो । समाजले यस अघि पनि बिभिन्न कार्यक्रम सञ्चालन गर्नुको अलाबा बिभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेको छ ।

写真素材無料【写真AC】
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *