無料イラスト【イラストAC】राजेश पायल राई

फुकुओका
२०२२ डिसेम्बर २१


अँग्रेजी नयाँ बर्ष २०२३ को अबसर मा नेपाल आदिबादी जनजाति महासंघ जापानको आयोजनामा नेपालका चर्चित गायक राजेश पायल राईको जापान टुर २०२३ कार्यक्रम गरिने भएको छ । राष्ट्रिय आबिष्कार केन्द्रको सहयोगार्थ आयोजना गर्न लागिएको कार्यक्रमको तयारी तिब्र भईरहेको आयोजक समितिका क्षेत्रिय संयोजक रोसन कुमार राईले जानकारी गराउनु भयो । जापानको फुकुओका लगायत प्रमुख शहरहरु ओकिनावा, नागोया, चिवा र टोकीयोमा नेपाल आदिबादी जनजाति महासंघ क्षेत्रिय कार्यसमितिहरुको समन्वयमा कार्यक्रम गर्ने योजना सहीत फुकुओकामा २०२३ जनवरी ७, नागोयामा ८, चिवामा १४, टोकीयोमा १५ र अन्त्यमा ओकीनावामा १८ गरी कार्यक्रम तय भएको छ । राजेश पायल राईको सास्कृतिक कार्यक्रम फुकुओकाबाट सुरुवात हुने भएकोले नेपाल आदिबासी जनजाति महासंघ, क्युस्यु क्षेत्रिय कार्यसमितिले कार्यक्रमको तयारी तिब्र रुपमा अगाडी बढाईरहेको संयोजक राईले जानकारी गराउनु भयो ।


नेपाल आदिबासी जनजाति महासंघ जापानको आयोजनामा हुन गईरहेको राजेश पायल राईको जापान टुर कार्यक्रमलाई सफल बनाउनको लागि क्षेत्रिय कार्यसमितिहरुले आफ्नो क्षेत्रमा अवस्थित बिभिन्न क्षेत्रिय संघसंस्थाहरुसँग समन्वय गरेर कार्यक्रम भव्यताका साथ सफल पार्ने योजना सहित फुकुओकामा नेपाल आदिबासी जनजाति महासंघ, क्युस्यु क्षेत्रिय कार्यसमिति आयोजक रहने र अन्य संघसंस्थाहरु (गैर आवासीय नेपाली संघ, क्षेत्रीय कार्यसमिति क्युस्यु, फुकुओका नेपाल सोसाइटी, हाम्रो नेपाल हामी नेपाली अभियान, नेपाल जापान फ्रैण्डसिप लायन्स क्लब, म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्युस्यु, सुदुरपश्चिमेली नेपाली समाज, किताक्युस्यु नेप्लिज वेलफेयर सोसाईटी, वाजिरो नेप्लिज सर्भिस सोसाइटी र एकल जातिय संस्थाहरु) सह–आयोजक रहने ब्यबस्था मिलाइएको आयोजक कमीटीले जानकारी गराउनु भयो ।
कार्यक्रममा राजेसपाल राईको साथसाथै भ्वाइस अफ नेपालका चर्चित कलाकारहरु समृद्धि परियार र सबिना योनगाङ्ग लिम्बुको समेत सहभागिता रहने समेत जानकारी गराउने भयो । चर्चित कलाकार गाजेश पायल राईको फ्यान फलोअर अत्यधिक रहेकोले उक्त कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहने पनि आयोजक समितिले अपेक्षा सहित सम्पुर्ण फुकुओकाबासी नेपाली दाजु भाई दिदिबहिनि तथा आमाबुबाहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेका छन ।


कार्यक्रमको प्रवेश शुल्क बापत सामान्य टिकट २,५०० येन, उहिदिन कार्यक्रम स्थलमा किन्दा ३,००० येन र भिआइपी टिकट १०,००० येन तोकीएको जानकारी आयोजकले गराएको छ । उक्त कार्यक्रम फुकुओकाको हिगासी सिमिन सेन्टर नामिकि हल, चिहाया ४–२१–४५ मा बेलुकि ६ बजेबाट सुरु हुने जानकारी सहित सहभागिताको लागि टिकटको नजिकको नेपाली रेष्टुरेष्ट तथा कार्यसमितिका पदाधिकारी, सदस्य मार्फत पनि किन्न सकिेने जानकारी गराउनु भयो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *