無料イラスト【イラストAC】मोना जापान

परदेशमा पनि नेपाली कला र संस्कृतिको जगेर्ना गर्न विभिन्न कार्यक्रम गर्दै आई रहेको म्याग्दी प्रवासी नेपाली संघ(मोना)जापानले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । जापानको टोकियोलाई आफ्नो कर्मथलो बनाउनु भयका करिब १०० जना म्याग्देली दाजुभाई तथा दिदीबहिनीहरु जम्मा भएर तीजको अवसरमा सांस्कृतिक प्रस्तुती सहित कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गरेको कार्यकम संयोजक पवित्रा पुनले जानकारी दिनु भयो । कोरोना भाइरसका कारणले विगत २ वर्ष केही पनि कार्यक्रम गर्न नसकिएको र अबका दिनमा कोरोना बच्ने उपायहरु अपनाउदै विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिने योजना रहेको मोना जापानका महासचिव गणेश श्रेष्ठले जानकारी दिनु भयो । मोना जापानले स्थापना भए देखिनै जिल्लामा र जापानमा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ । यस पल्टको तीज कार्यक्रम सम्पन्न गर्न विभिन्न तह र तप्कामा रही आर्थिक, भौतिक र सामाजीक सहयोग गर्ने सम्पूर्ण प्रति आभारी रहेको कुरा पनि महासचिव श्रेष्ठले बताउनु भयो ।

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *