無料イラスト【イラストAC】Beni-fc-champion

२०२२ अगष्ट २९

जापान, जापानको ओसाका सहरमा २०२२ मार्च महिनाबाट सुरु भयको ग्लोबल फुटसल च्याम्पियसिप प्रतियोगितामा १ ओटा खेलमा मात्र पराजित भयको बेनी फुटबल क्लब २०२२ अगष्ट २८ मा भयको अन्तिम खेल सकिँदा २७ अंक सहित लीग च्याम्पियन हुन सफल भएको छ । जापानमा बसे पनि आफ्नो देशको प्रतिनिधित्व गर्दै फुटसल खेलमा आगाडि रहेका विभिन्न देशहरू (नेपाल, भियतनाम, चीन, कोरिया र म्यानमार) काे ६ वटा टिमको सहभागिता रहेको थियो । विगत लामो समय देखि अस्ट्रेलियाबाट सुरु भएको बेनी फुटबल क्लब २०२० देखि जापानमा पनि निकै अग्रसर रहेर खेल क्षेत्रमा आगाडि बढिरहेको छ । २ वर्षको अन्तरालमा विभिन्न प्रतियोगिताको उपाधि चुम्न सफल क्लबले आफै पनि प्रतियोगिताको आयोजना पनि गर्दै आई रहेको कुरा टीम क्याप्टेन मनोज बानियाँले बताउनु भयो । सम्पन्न भयको लीग च्याम्पियन बन्दै गर्दा हामीहरूको टीम पनि अन्य टिमको तुलनामा कमजोर न रहेको र आगामी दिनमा अझै मेहेनत सहित खेलहरु खेल्न हौसला मिलेको कुरा टीम म्यानेजर पूर्ण गर्बुजाले बताउनु भयो । लीग च्याम्पियन बने सँगै बेनी फुटबल क्लबले ३,५०,००० येन हात पारेको छ । त्यस्तै बेनी एफ सी का इलोब गुरुङले उत्कृस्ट खेलाडीको उपाधि पनि हात पारेको छन । जापानको व्यस्त समयका बाबजुत पनि आफ्नो खेल जीवनलाई आगाडि बढाइ रहनु भयका अन्य खेलाडीहरुका लागि पनि यो उपाधि हौसला बन्ने अपेक्षा गरिएको म्यानेजर गर्बुजाले बताउनु भयो । आगामी दिनमा बेनी एफ सी ले अझै सशक्त टीम बनाएर अगाडि बढ्न यो लिगबाट धेरै कुरा सिक्ने अवसर मिलेको र सिकेको कुराहरु अनुसरण गर्दै आगाडि बढ्ने योजना रहेको क्याप्टेन बानियाँले बताउनु भयो ।

写真素材無料【写真AC】
,
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *