फुकुओका
जुलाई ५
फुकुओकाकै पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको गौरवमय २८ औं अधिवेसन २०२५ जुलाई ५ तारीक शनिबारका दिन फुकुओकाको हाकाता स्टेसन नजिकको एक हलमा सम्पन्न भएको हो । १९९५ सालमा नेपालीहरुको हक हितका लागी सुरुवात गरीएको संस्था हाल सम्म आइपुग्दा फुकुओकामा बसोबास गर्ने नेपालीहरुको साझा चौतारीको रुपमा स्थापीत भएको छ ।
यसै अवसरमा २७ औं कार्यकालका उपाध्यक्ष जुझारु युवा दिपक बि कको अध्यक्षतामा २८ औं नयाँ कार्य समिति पनि गठन गरेको छ । उक्त कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अशोक सेडाइ, उपाध्यक्षमा उज्ज्वल बानियाँ, रोबन थापा मगर र भुवन कृष्ण घिमीरे, प्रवत्तामा युकेस राना, सचिबमा बिसाल जिम्बा, सह सचिबमा सज्जन सुवेदी, कोषाध्यक्षमा बिकास सुनार, सह कोषाध्यक्षमा सन्देश राई, सदस्यमा रामचन्द्र गिरी, इस्वर अधिकारी, उत्सब खडका, शत्ति दर्नाल, बिजी बानियाँ, रेशम बोहरा, देवेन्द्र पुन मगर, सुमन सत्याल, इस्वर थापा, ओम प्रकाश न्यौपाने, मनोज विश्वकर्मा, नयन ज्योती केसी गरी २१ सदस्यीय कार्यसमिति निर्वीरोध चयन भएको छ । निर्वाचन समितिको संयोजकमा पुरुषोत्तम सिग्देल र सदस्यमा शिव शर्मा र माधव सिग्देल रहनु भएको थियो । फुनेसोको इतिहासमा सजिलै कार्यसमिति निर्विरोध गठन गर्न सहयोग गर्ने सम्पूर्णमा निर्वाचन समिति संयोजकले धन्यवाद दिनुभयो ।
उक्त अवसरमा प्रमुख अतिथीको रुपमा पाल्नु भएका फुकुओका नेपाल सोसाइटीका संस्थापक अध्यक्ष अरुण विस्टले आफुहरुले नेपालीहरुको सहयोगका लागी सुरुवात गरेको संस्था अहिले यो उचाइमा देख्न पाउदा एकदमै खुसी लागेको र आगामी दिनमा आफ्नो तर्फबाट सहयोग गर्नका लागी तत्पर रहेको कुरा बताउनु भयो ।
अधिवेशनमा एनआरएनए आइसीसी युवा संयोजक सुपेन्द्र घिसीङ्ग, बरिष्ट लोक तथा दोहोरी गायक विष्णु खत्री लगाएत क्युस्युमा अवस्थीत विभीन्न संघ संस्थाका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।
अधिवेशनमा पेस गरीएको प्रगति प्रतिवेदनमा २ वर्षे कार्यकालमा गरेका कार्यहरुको विवरण सचिब उज्ज्वल बानियाँले प्रस्तुत गर्नुभएको थियो । साथै आर्थिक प्रतिवेदन कोषाध्यक्ष भुवन कृष्ण घिमीरेले प्रस्तुत गर्र्नुभएको थियो । उक्त प्रतिवेदन अनुसार २ वर्षमा करीब ३१ लाख येन आम्दानी गरी करीब ३० लाख येन खर्च भएको जानकारी दिनु भएको थियो ।

उक्त अवसरमा फुकुओका नेपाल सोसाइटीको ३० औं वार्षिक उत्सवको अवसरमा २७ औं कार्यसमितिले प्रकाशन गरेको फुनेसो स्मारीका २०२५ पनि बिमोचन गरीएको छ । उक्त स्मारीकामा फुकुओका नेपाल सोसाइटीका पुर्व अध्यक्षको विवरण देखि जापान प्रवेश गर्ने नेपालीहरुका लागी सहयोगी पुस्तकको रुपमा रहने कुरा संस्थाका निवर्तमान सचिब तथा वर्तमान उपाध्यक्ष उज्ज्वल बानियाँले बताउनु भयो ।
