無料イラスト【イラストAC】ryoujikan-dashain-program

२०२२ सेप्टेम्बर २७
फुकुओका, नेपालीहरुको महान पर्व विजयादशमीको सुरुवातासँगै देश तथा विदेशमा हुने नेपालीहरुमा दशैको रौनक छाइसकेको छ । यस सँगसँगै परदेशमा रहनुहुने नेपालीहरुको नेपाल फर्कीने चाप पनि दीनानुदीन बढीरहेको छ । यसै अवसरमा जापानको फुकुओकामा अवस्थीत अवैतनिक नेपाली वाणिज्य दुतावासको आयोजनामा फुकुओकामा मिति २०२२ अक्टोबर ५ तारीक (बुधबार) विजया दशमीको दिन दशैको टिका ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागीएको वाणिज्य दुतावासका सचिव दिपक देवकोटा ज्युले जानकारी दिनुभयो ।

विभिन्न पेसा, व्यवसाय गर्दै परदेशमा रहे पनि बेलाबेलामा आयोजना गरीने यस्ता कार्यक्रमले नयाँ पिढीलाई नेपालको संस्कृतिको बारेमा जानकारी हुनुका साथै परिवारबाट टाढा रहेका हामीहरुलाई परदेशमा पनि पारीवारीक वातावरणमा रमाउन केही हदसम्म भएपनि सहयोग पुग्ने अपेक्षाले कार्यक्रमको आयोजना गर्न लागीएको जानकारी सचिव देवकोटाले जानकारी दिनुभयो । उक्त दिन फुकुओकामा अवस्थीत वाणीज्य दुतावास प्रमुख वाणिज्य दुत किमोतो युइचिरो ज्यु लगाएत विभीन्न संघसंस्थाका प्रमुखहरुको उपस्थिती रहने छ । कार्यक्रम बिहान १० बजेबाट २ बजे सम्म गरीने हुनाले वाणीज्य दुतावासमा पायक पर्ने सम्पुर्ण नेपालीहरुमा उपस्थितीको लागी अनुरोध गर्दछौ ।

dashain-tika-program
写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *