無料イラスト【イラストAC】winner-volleyball-match

२०२२ अक्टोबर २

फुकुओका

नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा फुकुओकामा नेपालको राष्ट्रिय खेल भलिबल प्रतियोगिता भएको छ । विगत २ वर्ष अगाडी स्थापना भई विभिन्न खेल क्षेत्रमा अग्रसर सुपर एट भलिबल क्लबको आयोजनामा क्यूस्यूकाे तोसु सहरमा फुकुओका केन भित्र लुकेर रहेका खेलाडीहरूको पहिचान गर्ने उद्देश्यले मिति २०२२ अक्टोबर १ तारिक शनिबारका दिन दशैं स्पेसल भलिबल लीग फुकुओकाको आयोजना भव्य र सभ्य रूपमा सम्पन्न भएको कार्यक्रम संयोजक मिलन छन्त्यलले जानकारी दिनु भयो । यस खेलमा फुकुओकाका रहेका विभिन्न ७ टिमको सहभागिता रहेको थियो । आयोजक सुपर एट बि र मोना क्युस्युको बीच भयको सेमिफाइनलमा मोना क्यूस्यूले जीत हात पारेको थियो भने आयोजक सुपर एट ए र सेभेन स्टार बीच भयको सेमिफाइनलमा आयोजक सुपर एट ले हात पारेको थियो ।

फाइनल खेलमा मोना क्युस्यु र आयोजक सुपर एट ए बीच भयको फाइनलमा मोना क्यूस्युले २५-१७, २५-१८, २६-२४ काे लगातार जितमा उपाधि चुम्न सफल भयको छ । यो सँगै प्रथम हुने मोना क्युस्यु र आयोजकले क्रमसः १,००,००० येन र ५०,००० येन सहित ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गरेको छन् ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *