無料イラスト【イラストAC】linos


फुकुओका
२०२२ डिसेम्बर ८

स्थापना कालबाट नै विभीन्न सामाजीक क्षेत्रमा क्रियाशिल रुपमा विभीन्न कार्यंक्रमहरु गर्दै आइरहेको संस्थाले स्थापना कालको सातौ वर्षमा प्रवेश गरेको पावन अवसरमा छैटौ चार्टर नाइट कार्यक्रम फुकुओकाको हाकातामा अवस्थीत नमस्ते हाकाता रेस्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा लायन्स क्लब इन्टरनेष्नल मल्टिपल डिस्ट्रिक्ट ३२५ जि नेपालका डिस्ट्रिक्ट गभर्नर लायन श्री उत्तम प्रसाद झा ज्यु लगायत First VDC लायन श्री दीपक कृष्ण प्रजापति ज्यु, Second VDC लायन श्री कमल कायस्थ ज्यू, Cabinet Treasure लायन श्री गोकुल प्रजापती ज्यु, कल्स्टर चिफ लायन श्री जितेन्द्र कुमार श्रेष्ठ ज्यू, सस्थापक अध्यक्ष लायन श्री अर्जुन थापा ज्यु, रिजनचियर प्रर्सन लायन श्री ज्योति केसी ज्यू, फुकुओका वाणिज्य दुतावासका सचिब दिपक देवकोटा, एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, एनआरएनए जापानका सचिब देवराज उप्रेती, काठमाण्डौ फुकुओका फ्रेण्डसिप लायन्स क्लबका अध्यक्ष शिव शर्मा, मुक्तिनाथ काठमाण्डौ फुकुओका लायन्स क्लब अध्यक्ष अमृत भट्ट लगायत विभीन्न संघ संस्थाका प्रतिनीधिहरुको उपस्थिती रहेको र नेपालबाट जोडिनु भएका अतिथीहरु अनलाइन मार्फत कार्यक्रममा सहभागी भै कार्यक्रम भव्यताका साथ डिसेम्बर ६ मा सम्पन्न भएको संस्थाका सचिव सज्जन सुवेदीले बताउनु भयो ।

साथै, चाटर नाइटको उपलक्ष्यको सप्ताहव्यापी कार्यक्रम गरी जापानको फुकुओकामा सरसफाई कार्यक्रम लगायत नेपालको विध्यालयमा आर्थिक सहयोग, गरीब तथा जेहेन्दार विध्यार्थीलाई शैक्षिक सामाग्री वितरण, वृक्षारोपण कार्यक्रम, अपाङ विध्यार्थीलाई शैक्षिक सामाग्री वितरण, मन्दिर सरसफाइ तथा फोहोर बाकस राख्ने कार्यक्रम तथा वृद्धाआश्रममा आर्थिक सहयोग जस्ता कार्यक्रम गरीएको संस्थाका अध्यक्ष भागीरथ पौडेलले बताउनु भयो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *