२०२५ अक्टोबर ५
फुकुओका
सुदूरपश्चिमेली नेपाली समाज, जापान क्युस्यू क्षेत्रिय समितिले पांचौ अधिवेशन फुकुओका सहरमा यही २०२५ अक्टोबर ५ तारिक (आइतबार)का दिन भव्यताका साथ सम्पन्न भै शिवराज खनाल ज्युको अध्यक्षतामा नयाँ कार्यसमिति निवीरोध चयन भएको छ । उक्त कार्यसमितिको बरीष्ठ उपाध्यक्षमा रेशम जंग बोहोरा, प्रथम उपाध्यक्षमा पुरन बजगाई, दिप्तीय उपाध्यक्षमा प्रकाश खनाल, तृतिय उपाध्यक्षमा लोकेश आयडी, महिला उपाध्यक्षमा लक्ष्मी मडै, सचिबमा ईश्वर थापा, सह सचिबमा रमेश सिँह विष्ठ, कोषाध्यक्षमा इन्द्र ढकाल, सह कोषाध्यक्षमा हेमन्त खडका, सदस्यहरुमा इशासिँह ठकुरी, अनिल थापा, वकिल कुमार खडका, रवि शाह, सुशील सावद, यसोदा बराल, प्रकाश बोहोरा, नरेन्द्र खाती, बिपी भण्डारीको कार्यसमिति निवार्चीत भएको छ ।
“सुदूरपश्चिमका लागि सुदुरपस्चिमेली” भन्ने मुलनाराका साथ गठन भयको संस्थाले विश्वका विभिन्न देश लगायत जापानको विभिन्न सहरमा क्षेत्रिय समिति गठन गरी कार्यहरू अगाडि बढाई रहेको छ । हामी आफ्नो ठाउँमा केहि गर्न चाहन्छौं त्यसैले परदेशमा भयका हामी दाजुभाइहरू जम्मा भई देश तथा विदेशमा कहीं कतै कोही पनि समस्यामा नपरोस् भन्ने भावना सहित परदेशको ठाउँमा पनि आफ्नो अमूल्य समय निकाली समाज सेवामा अगाडि बढिरहेको संस्थाका सचिब पुरन बजगाईले जानकारी दिनु भयो ।
फुकुओकाको हाकाता सिमीन सेन्टरमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथीको रुपमा सुदुरपश्चिमेली नेपाली समाज, जापानका संस्थापक अध्यक्ष डा. भरत नेगी रहनु भएको थियो भने फुकुओकामा रहेका विभीन्न संघ संस्थाका प्रतिनीधि तथा फुकुओकामा रहनु भएका सुदुरपश्चिमेली नेपालीहरुको सहभागीता रहेको थियो ।
