जुलाई १८
फुकुओका
गैरआवासीय नेपाली सङ्घ जापान क्षेत्रिय समन्वय परिषद क्युस्युको आगामी कार्यकालको संयोजकका लागि अमृत भट्ट र कृष्ण हरी पाठक बीच प्रतिस्पर्धा हुने भएको छ। वर्तमान कार्यसमितिमा उपसंयोजक पदमा रहेका दुवै जनाले आगामी कार्यकालका लागि संयोजकको उम्मेदवारी दर्ता गराएका छन्।
सन २०१५ मा जापान पुगेका भट्ट र सन् २०१७ मा जापान पुगेका पाठक दुवै जना विध्यार्थी भिसामा फुकुओका पुगेका थिए । हाल दुवै जना विध्यार्थी जिवन सकिएर जापानका प्रतिष्ठीत कम्पनीमा कर्मचारीको रुपमा कार्यरत छन ।
भट्ट जापान आए पछि निरन्तर सामाजीक सेवामा लागी एनआरएनए क्युस्युको सदस्य, उपसंयोजक हुदै हाल संयोजक पदमा उम्मेदवारी दिनु भएको छ भने पाठक एनआरएनए क्युस्युको सदस्य, सचिब, उपसंयोजक हुदै हाल संयोजक पदमा उम्मेदवारी दिनु भएको हो ।

आगामी जुलाई २७ तारिख हुने निर्वाचनमा एनआरएनए क्युस्युको संयोजक पदका लागी दुवै जनाले आफ्ना योजना सहित सामाजीक सञ्जालमा प्रचार प्रसारमा जोड दिनु भएको छ ।
गैरआवासीय नेपाली सङ्घ जापान क्युस्यु क्षेत्रमा करीब २१०० जना मतदाता रहेका छन् । उनीहरूले अनलाइनमार्फत नयाँ नेतृत्व चयन गर्नेछन् । हाल विश्वभरका ६० भन्दा बढी देशमा नयाँ नेतृत्वको लागि निर्वाचन जुलाई महिनाभित्र सम्पन्न हुँदैछ ।
