फुकुओका
जुलाई १७

विगत १२ वर्षदेखि जापानको फुकुओकामा बसोबास गर्दै आएका नारायण सुवेदीले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२५–२०२७ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।
समाजसेवामा लामो समयदेखि सक्रिय सुवेदी विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको छ । सुवेदीले सामाजीक यात्रा २०१६ मा खुकुरी फुटबल क्लवको सुरुवात सँगसँगै प्रत्येक वर्ष खुकुरी कप फुटसल प्रतियोगीताको आयोजनाबाट गर्नुभएको थियो । २०१७–२०१९ मा एनआरएनए क्युस्यु सदस्य, २०१९–२०२१ मा एनआरएनए क्युस्यु कोषाध्यक्ष, २०२१–२०२३ मा एनआरएनए जापान मानार्थ सदस्य, तथा हाल २०२३–२०२५ मा एनआरएनए जापान सदस्य पदको भूमिकामा रहनु भएको थियो ।
त्यस्तै, सुवेदीले जापानस्थित नेपाली राजदूतावासको सहकार्यमा घुम्ती सेवा फुकुओका, नेपाल फेस्टिवल फुकुओका, हाकाता दोन्ताकु, फुकुओका अध्यागमन ब्यूरोसँगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम, नेपाल र जापानमा विभीन्न समस्यमा परेका नेपालीहरुको सहयोगका गतिविधिहरू सफलतापूर्वक सम्पन्न गर्नका लागी प्रत्येक पटक महत्वपुर्ण भुमिका निर्वाह गर्दै आउनु भएको छ ।
“बोलीमा सालिनता काममा अग्रसरता विश्वाशिलो एनआरएनए निमार्णमा हाम्रो अटल प्रतिवद्धता” भन्ने नाराका साथ उपाध्यक्ष पदका लागि आफूलाई अत्याधिक बहुमतका साथ विजय गराई सेवा गर्ने अवसर दिन उहाँले अपिल गर्नुभयो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *