फुकुओका
जुन १६
एनआरएनए जापान क्षेत्रिय कार्यसमिति क्युस्युको अधिवेशन आगामी जुन २९ तारिख आइतबारका दिन एनआरएनए जापान अन्तरगतका सम्पुर्ण क्षेत्रिय समितिहरुको एकै साथ हुने भएको छ । अधिवेशन नजिकिदैं गर्दा आगामी नेतृत्वका दाबेदारहरुको सक्रियता एकाएक बढेको छ ।
एनआरएन क्युस्युका सचिब केशब कुमार लामिछानेका अनुसार आगामी अधिवेशन पश्चात नयाँ कार्यसमिति गठन प्रक्रियाका लागि एनआरएन क्युस्युले एनआरएनए जापानका विषेशज्ञ समिति सदस्य सन्तोस थापाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति निर्माण गरेको छ । उक्त समितिमा समाजसेवी हस्त लामा र प्रकाश लामिछाने सदस्य रहनुभएको छ ।
साथै वर्तमान कार्यसमितिले आगामी कार्यसमितिका लागी उमेदवारी शुल्क पनि तोकेको छ । उमेदवारी शुल्कमा संयोजकमा १० मान येन, उप संयोजकमा ८ मान येन, महिला उपसंयोजकमा ५ मान येन, सचिबमा ७ मान येन, सह सचिबमा ६ मान येन, कोषाध्यक्षमा ५ मान येन, सह कोषाध्यक्षमा ४ मान येन, युवा संयोजकमा ४ मान येन र सदस्यमा २ मान येन गरी तोकेको छ ।
उमेदवारी दर्ता सम्बन्धी कार्यक्रमको तालीका निर्वाचन समितिले प्रकाशन गर्ने कुरा सचिब लामीछानेले बताउनु भयो ।
