priti ale and hemant sharma

फुकुओका
मार्च १
फुकुओका नेपाल सोसाइटी (फुनेसो) को संयोजकत्वमा क्युस्युमा अवस्थीत गैर आवासीय नेपाली संघ (एनआरएनए) क्युस्यु, आदीवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लब लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक वर्ष नेपाली नयाँ वर्षको अवसरमा आयोजना हुदै आइरहेको नेपाल फेस्टिवल फुकुओका २०२५ अप्रिल १२ र १३ तारीकका दिन तेन्जीन सेन्ट्रल पार्कमा आयोजना गर्नका लागी तयारी तिब्र रुपमा अगाडी बढीरहेको छ ।
उक्त फेस्टिवलमा प्रस्तुति दिनका लागी नेपालकै चर्चित कलाकार प्रिति आलेहेमन्त शर्मा फुकुओका आउने भएका छन । उक्त २ दिने फेस्टिवलमा नेपालबाट आउने कलाकार बाहेक जापानमा रहनु भएका परदेशि गायक सुर्य खडका लगायत जापानमा बसोबास गर्नुहुने नेपाली तथा अन्य विदेशीहरुको वेजोड प्रस्तुती रहने फेस्टिवल सांस्कृतिक सयोजक पुरुषोत्तम सिग्देलले जानकारी दिनुभयो । साथै अझै पनि प्रस्तुत कर्ताहरुको सहभागीताका लागी आवेदन खुल्ला रहिरहेकोले गर्दा इच्छुक महानुभावहरुले आवेदन दिनुहोला । साथै फेस्टिवलको अन्य तयारी पनि तिव्र रुपमा अगाडी बढीरहेको फेस्टिवल सचिब उज्ज्वल बानियाँले बताउनु भयो ।

, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *