२०२४ जुलाई १३
फुकुओका
१९९५ सालमा स्थापीत जापानको क्युस्यु क्षेत्रको फुकुओका सहरमा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था फुकुओका नेपाल सोसाइटी हाल गौरवमय २७ औं कार्यकालको मध्य भागमा पुगेको सम्पुर्णमा अवगत गराउदछौ । स्थापना काल देखी २५ औं कार्यकाल सम्म १ वर्षे कार्यकाल भएका कारणले वार्षिक रुपमा अधिवेशन गरीआएकाले गर्दा आज भन्दा पहिला साधारण सभा हुने गरेको थिएन तर २६ औं कार्यकालबाट २ वर्षको कार्यकालको सुरुवात भएकाले यस कार्यकालमा पनि साधारण सभा गर्न लागेका छौ । साधारण सभा यहि जुलाई २० तारीकका दिन हाकाता स्टेसन नजिकै दिनको १ बजेबाट आयोजना गर्न लागीएको र यस पावन अवसरमा विभीन्न संस्थाका प्रतिनिधी, अग्रज व्यक्तित्व, पत्रकार महानुभाव लगायत सम्पुर्णको गरीमामय उपस्थीतीको लागी हार्दिक अनुरोध गरेको कुरा संस्थाका सचिब उज्ज्वल बानियाँले जानकारी दिनुभयो ।

फुकुओका नेपाल सोसाइटीले स्थापना काल देखि हाल सम्म फुकुओका सहरमा बस्ने नेपालीहरुलाई एकताबद्द गर्दै नेपालको महत्वपूर्ण चाडबाडहरुमा भेटघाट तथा सास्कृतिक कार्यक्रम हरु गर्दै आइरहको छ । नेपाली कला संस्कृतीलाई जापानिज समुदाय माझ चिनाउन नेपाली संघ संस्थाहरु संग हातेमालो गर्दै नेपाल फेस्टिवलको संचालन लगायतका जापानिज समुदायले आयोजना गर्ने कार्यक्रम कार्यक्रमहरुमा सहभागी हुदै आइरहेको पनि संस्थाका अध्यक्ष इन्द्र प्रसाद घलेले बताउनु भयो । साथै आगामी दिनमा पनि नेपाल र नेपाली संस्कृति जोगाउन र फुकुओका सहरमा रहनु भएका नेपालीहरुलाई एकतावद्ध गरी अगाडी बढन विभीन्न कार्यक्रमहरु आयोजना गर्ने योजना रहेको पनि बताउनु भयो ।

, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *