फुकुओका
अप्रिल २३
जापानबासी तामाङ्ग समुदायको एकता तामाङ्ग भाषा, धर्म, संस्कृतिको संरक्षण एवं प्रवर्धनमा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ जापानको फुकुओकामा रहेनु भएका तामाङ्गहरु एकजुट हुने उद्देश्यले गठन भएको तामाङ्ग समाज जापान क्युस्यु क्षेत्रिय समितिको पाँचौ अधिवेशन यहि मिति २०२४ अप्रिल २८ तारीक आइतबारका दिन हुने भएको छ ।
फुकुओकामा रहनु भएका तामाङ्गहरु एकजुट बनाउने र परदेशमा पनि तामाङ्गहरुको भेष भुषा तथा संस्कृति जोगाउने मुख्य उद्देश्य सहित विभीन्न कार्यक्रमहरु गरीरहेको र आगामी दिनमा पनि निरन्तरता दिने योजना रहेको संस्थाका सचिब नयन कुमार तामाङ्गले बताउनु भयो । साथै सम्पुर्णलाई निमन्त्रणा गरीसकेको र यदि सुचना नपुगेको भएमा यसै सुचनालाई आधार मानि निम्न मिति, समय र स्थानमा उपस्थीत भैदिनु हुन संस्थाका अध्यक्ष आशिष योन्जनले अनुरोध गर्नुभयो ।
मिति : २०२४ अप्रिल २८ तारीक आइतबार
समय : दिनको ३ बजेबाट
स्थान : मिनोसीमा फ्यामिली मार्टको हल

, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *