फुकुओका

मार्च ८

विभीन्न उद्देश्यले नेपाल जान चाहाने जापानिज नागरीकहरुका लागी हाल सम्म भिसा प्रकियाका लागी नेपाल राजदुतावास टोकियो अथवा नेपालमा पुगी सकेपछि अराईभल भिसा एयरपोर्टमा रहेको अध्यागमन विभागबाट लिने प्रकिया रहेको थियो । विगत १० वर्ष अगी देखी अवैतनिक वाणीज्य दुतावास फुकुओकाबाट भिसा दिने प्रकिया विभीन्न कारणवश बन्द रहेको भएता पनि २०२४ फेबु्रअरी २९ तारीकबाट फुकुओकाबाट भिसा लिन सक्ने व्यवस्था पुनः संचालनमा आएको छ । उक्त सेवा सुचारु भएसँगै नेपाल जान चाहाने तर भिसा प्रकियाको बारेमा जानकारी तथा नेपाल पुगीसकेपछी भिसा लिदा भाषाको समस्याका कारण दुविधामा रहेका जापनीज नागरीकहरु ढुक्क भै नेपाल भ्रमणमा जान सक्ने हुदा क्युस्यु क्षेत्रबाट नेपाल जाने जापानीज नागरीकहरुमा वृद्धी हुने अपेक्षा गरीएको अवैतनिक वाणीज्य दुतावास फुकुओकाका सचिब दिपक देवकोटाले बताउनु भयो । साथै जापानको पासपोर्ट लिइ जापानीज नागरीक भएका नेपालीहरुका लागी पनि फुकुओकाबाट भिसा प्रकिया गर्न सकिने जानकारी पनि दिनुभयो ।

सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *