फुकुओका
अप्रिल ४
नेपाली राजदुताबास टोकियोको आयोजना र गैर आवासीय नेपाली संघ जापान, वाणीज्य दुतावास फुकुओका तथा एनआरएनए, जापान क्षेत्रीय कार्यसमिति क्युस्युको लगायत क्युस्युका अन्य संघ संस्थाको सहकार्यमा जापानको विभीन्न क्षेत्रमा गर्दै आइरहेको घुम्ती सेवा कार्यक्रम जापानको फुकुओकामा २०२३ अप्रिल १,२, ३ र ४ तारिक गरि ४ दिन सम्म चलेको थियो । अन्य क्षेत्रमा २ दिन मात्र चलेको घुम्ती सेवा कार्यक्रम फुकुओकामा वाणीज्य दुतावाससँगको सहकार्यमा करीब २ महिना अगाडीबाट अनलाइन सर्वेक्षण गरी संकलन गरीएको डाटाबाट सेवाग्राही धेरै भएका कारणले फुकुओकामा ४ दिन चलेको थियो ।


फुकुओकामा पहिलो दिन १०३ जना, दोस्रो दिन १५० जना, तेस्रो दिन १०० जना र चौथो दिन ८२ जना गरी जम्मा ४३५ जनाले सेवा लिनु भएको थियो जस मध्ये सबै भन्दा बढी राहदानी नवीकरणमा ३८० जना र बाकी अन्यले विभीन्न सेवा तथा परामर्श लिनु भएको जानकारी राजदुताबासका प्रथम सचिब जीत बहादुर कार्कीले दिनुभयो । विधुतिय राहदानी बनाउनु पर्ने नियम परीवर्तन भएर राहदानीको नवीकरण गर्नका लागी फोटो र बायोमेट्रिकका लागी राजदुतावास सम्म जान पर्ने बाध्यात्मक परिस्थीतीमा फुकुओकामा गरीएको घुम्ती सेवाबाट सेवाग्राहिहरु टोकीयो सम्म जान पर्ने खर्चबाट करीब ४ करोड येनको बचत भएको जानकारी घुम्ती सेवा संयोजक एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले दिनुभयो ।


जापानमा रहेका नेपालीहरु मध्ये धेरै जनाको बसोबास रहेको क्युस्यु क्षेत्रमा गरीएको घुम्ती सेवाबाट धेरै जना लाभान्वीत भै दुतावास, वाणीज्य दुतावास र अन्य संघ संस्था प्रती नेपाली समुदायमा राम्रो सुचना प्रवाह भएको र सेवाग्राहीहरु सन्तुष्ट रहनु भएको वाणीज्य दुतावास फुकुओकाका सचिब दिपक देवकोटाले दिनु भयो ।


फुकुओकामा भएको घुम्ती सेवाको सम्पुर्ण खर्च व्यवस्थापन एनआरएनए जापान र एनआरएनए क्युस्युको सहकार्यमा गरीएको र नेपाल र नेपालीका लागी यस्ता सेवामुलक तथा आवश्यक कार्यक्रमहरु आगामी दिनमा पनि गर्दै जाने योजना रहेको एनआरएनए क्युस्युका संयोजक अर्जुन बगालेले जानकारी दिनु भयो ।


दुतावासको योजना अनुसार अर्को घुम्ती सेवा अप्रिल २९ र ३० तारीकमा जापानको ओसाकामा हुने छ ।

, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *