sunita-jirel

फुकुओका
मार्च ५

नेपालको दोलखा घर भै हाल जापानको खागोसीमा शहरमा बसोबास गर्दै आइरहेकी नेपाली चेली सुनीता जिरेलले स्वास्थ्य उपचारका लागी जापानबासी नेपालीहरुबाट करीब ३५ मान येन संकलन भएको जानकारी बिरामी जिरेलले बताइन । जस मध्ये जापानमा रहेका संस्था र व्यक्तिहरुबाट बिरामीको खातामा जम्मा भएको २३२००० येन र निजले अध्ययन गरी राखेको विध्यालयका साथीहरुबाट १२ मान जम्मा भएको छ ।


२०१८ अक्टोबरमा विध्यार्थी भिसामा जापान आएकी जिरेल २०२२ फेबु्रअरीमा एक्कासी बिरामी परेकी उनको दुवै मृगौलाले काम गर्न छाडे पछि हाल नियमीत रुपमा उपचार गरीराखेको र नियमीत गर्नु पर्ने डायलाइसीसमा आर्थिक समस्या परेको बेला नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सहयोगले बाच्ने आशा जागेको कुरा पनि बताइन ।


नेपालमा बहिनीले मृगौला दिने कुरा भएता पनि आर्थिक समस्याका कारण नेपाल फर्किन नसकेको अवस्थामा एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठ लगाएतका विभीन्न व्यक्ती तथा संस्थाहरुबाट भएको सहयोगले परदेशमा दुःख परेको बेलामा अग्रज र संस्थाहरुले महत्वपुण भुमिका खेलेको आभास गरेको र खर्च अभाबमा कुनै पनि नेपालीको उपचारमा समस्या नहुने कुरामा विश्वस्त रहेको हामि सँगको फोनमा भएको कुराकानीमा बताइन ।


सहयोगी मनहरुका लागी बिरामीको धन्यवाद जस्ताको तस्तै मलाई सहयोग गर्नुहुने सबै जनामा धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु । पैसाको अभावमा नेपाल कसरी जाने र उपचार कसरी गर्ने भन्ने समस्यामा परीराखेको अवस्थामा तपाइहरुको सहयोगले नेपाल गएर उपचार गराउने र जापानमा रहेको विध्यालयको शुल्क व्यवस्थापन गर्नमा पनि सहयोग मिलेकोले हृदय देखीनै आभार व्यक्त गर्दछु ।


अब नेपाल गए पछि उपचारमा के कस्ता समस्या आइ पर्दछ थाहा छैन तर जापान रहुन्जेल तपाइहरुबाट पाएको माया, साथ र सहयोग जहा गए पनि भुल्ने छैन साथै तपाइहरु जस्तो उदार मनको नेपालीहरु भए सम्म कुनै नेपालीलेको उपचारमा आर्थिक समस्या नपरोस भन्ने आशा गरेकी छु ।


साथै विरामी सुनीता जिरेल उपचारका लागी मार्च ६मा फुकुओकाबाट नेपाल जानु भयो ।

सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *