無料イラスト【イラストAC】online-survey

फुकुओका

जनवरी १८

विगत केहि वर्ष देखि जापानमा नेपालीहरूको सङ्ख्या बढे सँगै नेपालीहरूको अत्यधिक बसोबास रहेको क्युस्यु क्षेत्रमा पनि नेपालीहरु दिन प्रतिदिन बढ्दै गईरहेको छन । संख्या बढे सँगै राम्रा पक्ष र नराम्रा पक्ष हुनु स्वाभाविक नै हो । क्युस्यूमा गैर आवासीय नेपाली संघ (NRNA ) जापान क्युस्यु क्षेत्रीय कार्यसमितिले नेपालीहरुको विभिन्न खालका समस्याहरुमा सहयोगहरु गर्दै आइरहेको छ । पछिल्लो समय रोजगार एवं व्यवसायमा संलग्न नेपालीहरुको सङ्ख्या वृद्धि भए संगै नेपाली बालबालिकाहरुको संख्या पनि बढिरहेको छ । धेरै जना अभिवावकहरु आफ्नो सन्तानको पठनपाठनको बारेमा अन्योलमा रहनुभएको पनि सामान्य खोजबाट पाइएको छ । कतिपय अभिभावकहरुले पढाईको लागि आफ्ना बच्चाहरुलाई नेपाल राख्नुभएको छ भने, जापानिज स्कुलमा आफ्ना बच्चाहरु पढाउने अभिवावकहरु पनि धेरै हुनुहुन्छ । तर नेपाली भाषा, कला, संस्कृतीको पढाई हुने बातावरण क्युस्यु क्षेत्रमा नभएकोले नयाँ पिढीले नेपाल र नेपाली संस्कृति बिर्सने हुन की भन्ने समस्या दिनहुँ बढ्दै गइरहेकोले त्यस विषयमा सबै जना गम्भीर हुन आवश्यक रहेको कुरा NRNA क्युस्युका संयोजक अर्जुन बगालेले बताउनु भयो ।

उक्त समस्याको समाधानमा केही हद सम्म सहयोग पुगोस् भन्ने उ्देश्यले क्युस्यु क्षेत्रमा बसोबास गर्ने नेपाली बालबालिकाहरुको वर्तमान शैक्षिक अवस्था, अध्ययनको लागि देखिएका समस्या तथा चुनौतिहरुको वास्तविकता बुझ्न गैर आवासीय नेपाली संघ (NRNA ) जापान क्युस्यु क्षेत्रीय कार्यसमिति र डा.ओता तोमोयुकीज्यूद्वारा जापानको क्युस्यु र ओकिनावा क्षेत्रमा अनुसन्धान गर्न गइरहेका कुरा संयोजक वगालेले बताउनु भयो । यस अनुसन्धानले जापान तथा नेपालको सरकारी निकायहरुलाई पनि जापानमा बस्ने नेपाली बालबालिकाहरुको शिक्षाको लागि आवश्यक नीति नियम बनाउन मार्गदर्शन गर्ने विश्वास लिइएको छ । उक्त अनुसन्धानलाई वास्तविक र भरपर्दो बनाउन क्यूस्यू बासी नेपालीहरूको महत्वपूर्ण भूमिका रहने हुनाले सम्पूर्ण सरोकारवालाहरुलाई सहभागिताको लागि अनुरोध गरिएको छ । उक्त अनुसन्धान गूगल फारम मार्फत सर्वेक्षण प्रश्नावलीहरुको उत्तर संकलन गरेर गरिने हुनाले सम्पूर्णमा सहयोग गर्नुहुन लागि NRNA क्युस्यु र डा. ओताको टिमले हार्दिक अपिल गरेको छ । जापानमा नेपालीहरुको संख्या बढेसँगै बढेको बालबच्चाहरु र नेपालीपन बिर्सने खालको जापानको रहनसहनले गर्दा यस्ता कार्यक्रम क्युस्युबाट सुरुवात भए पनि जापानको अन्य क्षेत्रमा पनि लागू हुन आबस्यक रहेको संयोजक बगालेले बताउनुभयो । सहयोगका लागि तलको लिंकबाट गूगल फारम भरिदिनु होला ।

https://docs.google.com/forms/d/e/1FAIpQLSeHybdPqME5C_KBEPDT7TACeiRzMesnz0KIov6-HCLqnD0Ksg/viewform

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *