無料イラスト【イラストAC】karnali-samaj

फुकुओका

२०२३ जनवरी २३

कर्णाली प्रदेश क्युस्यु क्षेत्रीय कार्यसमितिकाे दोस्रो अधिबेसन मिति २०२३ जनवरी २२ तारिक आईतबारका दिन फुकुओकाको हाकातामा अवस्थित श्री गणेश रेस्टुरेन्टको हलमा भव्यताका साथ सम्पन्न भयो । उक्त अधिवेशनबाट संस्थाको २०२३-२५ काे लागि दीपक बहादुर शाहीकाे अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको कुरा कर्णाली प्रदेश क्षेत्रीय समिति क्यूस्यूका निवर्तमान अध्यक्ष हरिचन्द्र उपाध्यायले बताउनु भयो । बरिस्ठ उपाध्यक्षमा राज कुमार परियार, उपाध्यक्ष मिलन कुमार शाही, उपाध्यक्ष जीवन कडेल, महासचिव सुरेन्द्र शाही, सचिब जसटेन परियार, सचिब दिपक कुमार शाही, कोषाध्यक्ष टीका भण्डारी, सह- कोषाध्यक्ष प्रेम महतारा र सदस्यहरुमा भुवन शाही, उपेन्द्र खड्का, चन्द्र व शाही, सन्तोष शाही, रन्जना शाही, अखन सिह, उधमी लामिछाने, तिर्थ थापा निर्विरोध चयन हुनु भयको छ ।

अधिवेशन कर्णालि प्रदेश क्युस्यु क्षेत्रिय कार्यसमितिका अध्यक्ष हरिचन्द्र उपाध्यायको अध्यक्षता, क्षितिज पन्त ज्युको प्रमुख आतिथ्यता, अतिथिमा NRNA जपानका सचिव देबराज उप्रेती, NRNA जापान क्युस्यु उपाध्यक्ष विवेक बुढाथोकि, कुमामोतो नेपालि समाजका अध्यक्ष पवन अधिकारि लगायतका विभिन्न व्यक्तिहरुको सहभागितामा सम्पन्न भएको थियो । कर्णालि प्रदेश क्युस्युले स्थापनाकाल देखि नै नेपाल र जापानमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । साथै आगामी दिनमा पनि हालसम्मका कार्यहरु निरन्तर गर्दै जाने योजना रहेको नव निर्वाचित अध्यक्ष दीपक बहादुर शाहीले बताउनुभयो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *