फुकुओका

२०२२ नोभेम्वर १३

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय समिति क्युस्युकाे दोस्रो अधिबेसन मिति २०२२ नोभेम्बर १३ तारिक आईतबारका दिन फुकुओकाको मीनामि सिमिन सेन्टर हलमा भव्यताका साथ सम्पन्न भयो । उक्त अधिवेशनबाट मोना क्यूस्यूको २०२२-२४ काे लागि दीपक बि क काे संयोजकत्वमा नयाँ कार्यसमिति गठन भएको कुरा मोना क्यूस्यूका निवर्तमान संयोजक उज्ज्वल बानियाँले बताउनु भयो । साथै उपसंयोजक सोफिया घर्ती र रमेश रिजाल, सचिव मञ्जु चोखाल, सह सचिव शिव बि क र नवीन मगर, कोषाध्यक्षमा बिजी बानियाँ, सह कोषाध्यक्ष संदेश हमाल, सदस्यमा सन्दिप चोखाल, सन्दिप खत्री, अन्जान खत्री, निकेश पुन, ज्ञान बहादुर छन्त्याल, सुनिल बिक, तीकेश छन्त्याल निर्विरोध चयन हुनु भयको छ । साथै मोना जापानको विधान अनुसार अझै १ जना महिला उप संयोजक र सदस्य ३ जना सदस्यहरू मोना क्युस्युकाे पहिलो बैठकबाट मनोनयन गरिने नव निर्वाचित संयोजक दीपक विकले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम मोना क्युस्युका निवर्तमान संयोजक उज्ज्वल बानियाँकाे संयोजकत्व, मोना आईसीसीका वरिष्ट उपाध्यक्ष दादिबल खड्काकाे प्रमुख आतिथ्यता, मोना आइसिसी एसिया प्यासिफिक संयोजक दिपक कार्की, मोना जापान वरिष्ठ उपाध्यक्ष विशाल के सि, मोना जापान सचिव सागर कार्की, एन बिए जापानका अध्यक्ष बिजेश थकाली, हाम्रो नेपाल हामी नेपाली अभियानका प्रमुख संयोजक धर्मराज अधिकारी, एनआरएनए आइसीसी सह कोषाध्यक्ष टंक गैरे, वाणीज्य दुतावास सचिव दीपक देवकोटा, एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठ लगाएत क्यूस्यूका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । मोना क्युस्यूले निवर्तमान कार्यसमितिले हाल सम्म गरेका कार्यहरूको सम्पूर्ण वक्ताहरुले प्रसंशा गर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन मोना क्युस्युको उप संयोजक सोफिया घर्तीले गर्नु भएको थियो ।

Mona kyushu
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *