無料イラスト【イラストAC】kibo-junior-high-school


२०२२ अक्टोबर २३
फुकुओका
जापानको फुकुओका सहरले वच्चा अवस्थामा विभीन्न कारणले जुनियर हाइ स्कुलको पढाइ गर्न नसकेका व्यक्तिहरुलाई मध्यनजर गर्दै रात्रीकालीन किबो जुनियर हाइ स्कुल संचालन गर्ने भएको छ । २००८ अप्रील १ तारीक भन्दा पहिला जन्म भएका फुकुओका शहरमा आधारभुत निवासी दर्ता भएको व्यक्तिहरु जापानीज तथा विदेशी विद्यार्थीहरु भर्नाको भर्ना कार्यक्रम अगाडी बढाइरहेको जानकारी स्कुलको होमपेजमा लेखीएको छ ।


स्कुलको भर्ना निर्देशिका पढिसकेपछि मिति २०२२ अक्टोबर ३ देखी नोभेम्बर ४ सम्म भर्नाका लागी आवेदन गरी प्रकिया पुरा गरी सकेपछि नोभेम्बर ७ देखी जनवरी ३१ सम्म भर्ना अभियान संचालन गरीने छ । अनलाइनबाट पनि स्कुलको बारेमा जानकारी लिन सकिने र भर्ना हुन चाहाने विद्यार्थिका लागी गरीएको गाइडान्समा सहभागी नभएको भएता पनि भर्ना हुन सकीने छ । स्कुल फुकुओका सहरको सावारा कु मोमोची ३ चोमे १०—१ मा रहेको छ । विस्तृत जानकारीका लागी सोमबार देखी शुक्रबार सम्म दिनको १ः३० बाट बेलुका ९ः३० सम्ममा फोन (०९२—४००—०७५१) बाट पनि जानकारी लिन सकिने छ ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *