無料イラスト【イラストAC】ono-nepal


जापान
२०२२ नोभेम्बर ७
जापानको फुकुओकामा प्रधान कार्यालय रहेको ओनो जापानको २०१९ बाट नेपालमा शाखा संचालन गरी विभीन्न सामाजीक कार्यहरु गर्दै आइरहेको संस्थाको चौथो साधारण सभा २०२२ नोभेम्बर ५ तारीकका दिन कास्की जिल्ला पोखरा स्थीत कन्या मा बीको सभा हलमा एक समारोहका बिच सम्पन्न भएको छ ।


संस्थाका अध्यक्ष देविलाल दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता कन्या मा बीका विध्यालय व्यवस्थापन समितिका अध्यक्षले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथीले पानसमा दिप बालेर साधारण सभाको उदधाटन गर्नुभएको थियो । कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष बिना मगरले र संस्थाको कार्यप्रगती प्रतिवेदन र भावी योजनाको बारेमा संस्थाका अध्यक्ष देविलाल दाहालले ज्यूले प्रस्तुत गर्नुभएको छ ।


उक्त कार्यक्रममा ओनो जापानका ओनर (अध्यक्ष) योशित्सुगु ओनोले शुभकामना संन्देस पत्र मार्फत पढाउनु भएको थियो । उक्त पत्र जापानीज भाषामा रहेको र संस्थाका उपाध्यक्ष प्रेमराज दाहालले जापानीज भाषालाई नेपालीबाट पढेर सुनाउनु भएको थियो ।
यस्तै ओनो जापान कम्पनीमा कार्यरत सम्पुर्ण कर्मचारीको मेहेनतले नेपालमा हालसम्म ६३ जनालाई सहयोग गर्दै आएता पनि यो संख्या थोरै भएकाले अझै बढाउदै जाने योजना रहेको पनि बताउनु भयो । अहिले कास्की र तनहुमा मात्र सहयोग गर्ने कुराको जानकारी आएको र आगामी वर्षबाट म्याग्दीमा पनि सहयोग गर्ने योजना रहेको पनि जानकारी दिनुभयो ।


हाल वार्षिक रुपमा एक विद्यार्थि बापत नेपाली १० हजारको दरले शैक्षीक सामाग्री र डे्रससंगै पैसा दिदै आएको छ । यो संख्या बढाउदै लगेर नेपाल भरी फैलाउने योजना रहेको छ । उक्त कार्यक्रममा संस्थापक अध्यक्ष भोलानाथ पौडेल, उपाध्यक्ष माधव सिग्देल, प्रेमराज दाहाल, सदस्य दिपक विक तथा तनहु संयोजक केशबराज तिम्सेना, म्याग्दी संयोजक खिम बहादुर छन्त्याल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव विष्णु प्रसाद बरालले गर्नु भएको थियो ।

 ओनो जापान
写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *