無料イラスト【イラストAC】


फुकुओका
जुलाई २८
विगत ११ वर्षदेखि जापानको फुकुओकामा बसोबास गर्दै आएका युवा व्यवसायी ज्योति केसीले आउँदै गरेको गैर आवासीय नेपाली संघ जापानको अधिवेशन (२०२३–२०२५) का लागि सदस्य पदमा उम्मेद्वारी दिनुभएको छ । एनआरएनएमा विगतदेखि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी रहेका केसीले सन् (२०१७–२०१९) मा एनआरएनए क्युस्यु क्षेत्रको प्रवक्ताको रूपमा रहेर काम गर्नु भएको थियो ।
सामाजिक भावनाले ओतप्रोत ज्योतिसँग विश्वकै ठूलो मानिने परोपकारी संस्था लायन्स क्लबमा समेत आबद्ध रहेर काम गरेको अनुभव छ । लायन्स क्लबले सञ्चालन गर्ने विभीन्न परोपकारी कामहरुमा उहाँको राम्रो योगदान छ । उहाँले लायन्स क्लव अन्तर्गतकै निकै महत्वपूर्ण मानिने प्रोग्रेसिभ मेल्भिन जोन्स फेलो र टीयू ब्लड ट्रान्सफ्युजन एण्ड रिसर्च सेन्टरमा समेत ठूलो रकम डोनेशन गर्नु भएको थियो । नेपालमा रहँदा विभिन्न खालका म्यूजिक भिडिओ, बृत्तचित्र, टेलिसिरियल र टेलिभिजन कार्यक्रम सम्पादकको रूपमा काम गरेको अनुभव बताउने केसी आफ्नै जीवनसाथीको सल्लाहमा १ दशक अगाडि विधार्थी भिसामा जापान पुग्नु भएको हो । हाल उहाँ सामाजीक क्षेत्र लगायत जापान कै एक प्रतिष्ठित युवा व्यवसायी पनि हुनुहुन्छ ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *