無料イラスト【イラストAC】फुकुओका नेपाल सोसाइटी


फुकुओका
मार्च २४
फुकुओका नेपाल सोसाइटी (फुनेसो)ले तनहुँको भिमाद नगरपालीका वडा नं. १ बडहर भन्ज्यांग स्थित श्री सिद्धार्थ उच्च माध्यामीक विध्यालयको प्रांगणमा १ दिने निशुल्क स्वास्थ्य सिवीर संचालन गर्ने भएको छ । नियमित स्वास्थ्य जाँच गरौँ स्वस्थ्य बनौ भन्ने मुल नाराका साथ गर्न लागेको उक्त स्वास्थ्य सिवीरमा सहआयोजकको रुपमा तनहुँ समाज जापान, स्थानीय सरोकारवाला निकाय र भिमाद नगरपालिका वडा नं. १ रहेका छन भने प्राविधीक सहयोग तनहुँ सेवा हस्पीटल शुक्लागण्डकीले गर्ने भएको कुरा फुनेसो अध्यक्ष माधव सिग्देलले जानकारी दिनुभयो ।
जापानको विभीन्न सहरमा विभीन्न पेसामा रहनुभएका नेपालीहरुलाई सहयोगका लागी फुकुओका नेपाल सोसाइटीले अनुरोध गरेको छ । उक्त स्वास्थ्य सिवीरमा उपचारका लागी उपस्थीत हुने सम्पुर्ण विरामीहरुका लागी निशुल्क स्वास्थ्य परिक्षण सँगै निशुल्क औषधि वितरण गरीने छ । साथै उक्त सिवीरमा उपचार सम्भव नभएका विरामीको त्यस समय पछिको उपचारको लागी पनि समन्वय गरीने १ दिने स्वास्थ्य सिवीर संयोजक फुनेसो पुर्व अध्यक्ष पुरुषोत्तम सिग्देलले जानकारी दिनुभयो ।

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *