नागासाकी
अप्रिल १४
नागासाकीमा बसोबास गर्ने नेपालीहरुका लागी विभिन्न साथ सहयोग तथा जापानीज समुदायमा नेपाल र नेपालीहरुको पहिचान गराउने उद्देश्यले नेपाली नयाँ वर्ष २०८०को पावन अवसरमा नागासाकीमा नागासाकी नेपाली समाज एक समारोहका बिच गठन भएको छ । उक्त अवसरमा लामो समय देखी नागासाकीमा बसोबास गरीरहनु भएका बाशुदेव पान्डेको अध्यक्ष्यता, नेपाली दुतावास टोकीयोका राजदुत दुर्गा बहादुर सुवेदी, विशीष्ठ अतिथीमा फुकुओका वाणिज्य दुतावास फुकुओकाका सचिव दीपक देवकोटा, अतिथीमा एनआरएनए आइसीसी सदस्य सुपेन्द्र घिसी·, एनआरएनए जापान उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, सदस्य प्रकाश लामीछाने, एनआरएनए क्युस्यु संयोजक अर्जुन बगाले, मोना क्युस्यु संयोजक दिपक बिक लगाएतका विशीष्ठ व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
![](https://fukuokanepal.news/wp-content/uploads/2023/04/20230414_201143-1024x478.jpg)
नागासाकीमा गरीएको एक समारोहका विच घोषणा गरीएको समितिको अध्यक्ष सन्नु कुमार शाह, उपाध्यक्ष बासुदेव, सचिब अमृत श्रेष्ठ, सह सचिब डिल्लीराज, कोषाध्यक्ष जिवन गुरु·, सदस्य आशा गायक, प्रकाश श्रेष्ठ, अभिनास कुमार झा, अनिता लामा, दिक्षा ढकाल, राजेन्द्र भटराई, मिना सुनार, निशा थापा मगर, सागर खडका चयन हुनु भएको जानकारी नागासाकी नेपाली समाजका अध्यक्ष सन्नु कुमार शाहले दिनुभयो । कार्यक्रममा विगत लामो समय देखी नागासाकीमा बसोवास गरीराख्नु भएका नागासाकी युनीभर्सिटीका प्रोफेसर बाशुदेव पान्डेले आफु जापानमा आउने बेलामा पाएको दुख सम्झिदै आजकल आउने नेपाली भाइ बहिनीहरुका लागी आफुले सहयोग गर्न पाउदा खुसी भएको र नागासाकी नेपाली समाजलाई सक्दो सहयोग गर्ने बाचा व्यक्त गर्नुभयो । साथै अध्यक्ष शाहले नागासाकीमा रहेका नेपालीहरुका लागी यस समाजले अभिभावकको भुमिका निर्वाह गर्दै जापान र नेपालको सम्बन्धमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने योजना रहेको कुरा बताउनु भयो ।
![](https://fukuokanepal.news/wp-content/uploads/2023/04/20230414_194941-1024x478.jpg)
![](https://fukuokanepal.news/wp-content/uploads/2023/04/20230414_192658-1024x478.jpg)