無料イラスト【イラストAC】badri-pangeni-samjhana-bhandari

जापानको फूकुओकामा क्रियाशील पुरानो सस्था फूकुओका नेपाल सोसाइटीको आयोजना तथा बिभिन्न संघ संस्थाको सह–आयोजनामा वितगका बर्ष जस्तै यसपाली पनि फुनेसो तीज धमाका २०२२यस अगष्ट २६मा आयोजना हुदैछ । उक्त कार्यक्रममा भाग लिनका लागी चर्चित लोक तथा दोहोरी गित गायक बद्री पंगेनी र चर्चित गायीका संझना भण्डारी अगष्ट २५ मा जापान पुग्नुभएको तीज धमाका कार्यक्रम संयोजक दिलेन्द्र जोशीले जानकारी दिनुभयो ।
नेपालमा विभीन्न कार्यक्रमको सीजन भएता पनि परदेशमा रहनुभएका नेपालीहरुको मायालाई नकार्न नसकी जापानको कार्यक्रमहरुमा सहभागीता हुन लागेको कुरा श्रोतले बताएको छ । साथै अगष्ट २६ मा फुकुओकाको कार्यक्रम सम्पन्न गरे पश्चात जापानको अन्य सहरमा पनि कार्यक्रम रहेकोले गर्दा फुकुओकामा उपस्थित हुन नसकेका दर्शकहरुमा अन्य सहरमा आयोजना हुने कार्यक्रममा सहभागी भै रमाइलो गर्न आयोजक समितिले अनुरोध गरेको छ । यस कार्यक्रमले कोरनाका कारण विगत २ वर्ष देखी परदेशमा हुने कार्यक्रममा सहभागी हुन नसकेका अन्य कलाकारहरुका लागी पनि परदेशमा कार्यक्रमका लागी जान पे्ररणा मिल्ने विश्वास गरीएको फुकुओका नेपाल सोसाइटीका अध्यक्ष माधव सिग्देलले जानकारी दिनु भयो । साथै सम्पुर्ण कलाकारहरु जापान आइ पुगे पछी कार्यक्रमको तयारी पनि सकीएको जानकारी पनि अध्यक्ष सिग्देलले जानकारी दिनु भयो ।

写真素材無料【写真AC】
, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *