無料イラスト【イラストAC】


फुकुओका
अप्रिल १०
तपाईले अण्डाको प्रयोग कति गर्नुहुन्छ ? यस सिजनमा जापानमा हाल सम्म नदेखिएको बर्ड फ्लुको प्रकोप विकराल रुपमा देखियो । बर्ड फ्लुको कारणले नस्ट गरीएका कुखुराहरुमा अधिकाँश अण्डा दिने कुखुराहरु रहेका छन । यस अवस्थाले गर्दा जापान भरी अण्डाको समस्या विकराल बन्दै गैरहेको छ भने पाइएको ठाँउमा पनि मुल्यले आकाश छोएको जापानी समाचार माध्यमहरुले बताएका छन । समस्या विकराल बन्दै गए पछि अण्डाको प्रयोग गरी बनाइएका खानेकुराहरु बेच्ने रेस्टुरेन्टहरुले त्यस्ता परीकारहरु कटौति गरी रेस्टुरेन्ट संचालन गर्न बाध्य भएको पनि उल्लेख छ ।
क्रेडिट अनुसन्धान कम्पनी तेइकोकु डेटाबैंक लिमिटेडको शेयर बजारमा सूचिकृत देशभरका सय रेस्टुरेन्ट कम्पनीहरुमाझ गरेको एउटा सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षण अनुसार अप्रिल ५ सम्ममा २८ ओटा रेस्टुरेन्ट चेनहरुले अण्डाको परिकार बन्द गरेका छन् । यो मार्चमा गरिएको सर्वेक्षणको भन्दा १० प्रतिशत धेरै हो । रेस्टुरेन्टका आउटलेट र वेबसाइट अनि सामाजिक सञ्जालहरुमा अण्डाको चरम अभाव र बढ्दो मूल्यका कारण यसो गर्नुको कारण बताइएको छ ।
समस्या कम गर्न कम्पनीहरुले प्रशोधित अण्डाका परीकारहरुको आयात गरिरहेका छन् । वैकल्पिक मेन्यु बनाउने क्रम पनि बढेको पाइन्छ । थोक बजारमा अण्डाको भाउ बढिरहेको र अभावले विकराल रुप लिदै गैरहेकोले यो क्रम झनै चर्किने विश्लेषण गर्न लागिएको छ ।

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *