無料イラスト【イラストAC】nrna-kyushu-dinner-program

२०२२ सेप्टेम्बर २८
फुकुओका, गैर आवासीय नेपाली सँघ जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा शुभकामना आदानप्रदान तथा डिनर कार्यक्रम मिति २०२२ अक्टोबर ४ तारीक मंगलबार बेलुका ६ बजेबाट आयोजना गर्न लागेको कुरा एनआरएनए क्युस्युका उप संयोजक तथा दशै शुभकामना आदानप्रदान कार्यक्रमका संयोजक विवेक बुढाथोकीले जानकारी दिनुभयो । साथै उक्त कार्यक्रममा सहभागीहरू मध्ये विभिन्न रमाइला खेलहरूमा रमाउने वातावरण सँगै विजेतालाई विशेष पुरस्कारको पनि व्यवस्था गरिएको कार्यक्रम संयोजक बुढाथोकीले बताउनु भयो ।

एनआरएनए क्युस्युले यस पटक मात्र नभै अन्य समयमा पनि नेपाल र नेपाली पहिचान सहितका कला सँस्कृतिको जगेर्ना गर्न विभीन्न कार्यक्रमहरुको आयोजना पनि गर्दै आइरहेको कुरा बुढाथोकीले बताउनु भयो । साथै यसै अनलाइनबाट सम्पुर्ण नेपालीहरुमा बिजया दशमी, शुभ दिपावली, छठ तथा नेपाल सम्बत ११४३को पावन अवसरमा शुभकामना पनि व्यक्त गर्नुभयो । यसका साथसाथै नेपाली कला सस्कृतिको जगेर्ना गर्न परदेशमा रहेका संघसस्थाहरु एक जुट भएर लाग्नु पर्ने र त्यस्ता कार्यक्रममा सहकार्य गर्न एनआरएनए क्युस्यु सदैव तयार रहेको कुरा एनआरएनए क्युस्युका संयोजक अर्जुन बगालेले बताउनु भयो ।

  • 4Days
  • 23Hours
  • 59Minutes
  • 10Seconds
写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *