जुन ९
टोकियो ।
जापानमा रहेका तनहुँबासी नेपालीहरूको साझा संस्था तनहुँ समाज जापानको दोस्रो अधिवेशन आइतवारका दिन टोकियोमा सम्पन्न भएको छ। सन् २०१८ मा स्थापना भएको समाजले आफ्नो नियमित अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ। समाजका अध्यक्ष विजय थापाको अध्यक्षतामा सम्पन्न अधिवेशनले डा. भोजराज पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा दिपक घिमिरे, उपाध्यक्षमा माधव सिग्देल, पुष्प बार्निया, र शंकर सिग्देल चयन भएका छन्। महिला उपाध्यक्षको जिम्मेवारी धार्मिका घिमिरेले सम्हाल्ने भएकी छन्।
त्यसैगरी, सचिवमा डा दिपेन्द्र ढकाल, कोषाध्यक्षमा सुरेन्द्र सुवेदी, सह-सचिवमा बासुदेव पन्त, सह-कोषाध्यक्षमा शान्ती अधिकारी चयन भएका छन्। सदस्यहरूमा अम्बिका पौडेल, राजु महत, दिल दराइ, सुवास थापा, लक्ष्मण बानिंया, प्रज्वल तिमल्सिना, शन्त गुरुङ र माया भुजेल रहेका छन्।
समाजका संरक्षकमा राजेन्द्र जमरकट्टेल र विजय थापा रहेका छन् भने सल्लाहकारहरूको भूमिकामा तारा थापा, पुरुसोत्तम सिग्देल, सुमन भट्टराई र मीन गुरुङ रहने भएका छन्।
