अगष्ट २८
फुकुओका
ताइफु नम्बर १० जापानमा यस समयमा आउने ताइफुहरु मध्ये अत्न्तै शक्तिशाली मानिएको ताइफु पश्चिमी जापानको नजिकीदै गर्दा विभीन्न समस्याहरु उत्पन्न हुन सक्ने अनुमानहरु गरीएको छ । मौसम पुर्वानुमान शाखाका अनुसार अगष्ट २९ तारिकदेखि ३० तारिकको मध्याह्न सम्ममा क्युसु रहने अनुमान गरीएको ताइफुले गर्दा बस, ट्रेनहरु बन्द भै जनजीवन प्रभावीत हुन सक्ने साथै अत्याधीक पानी पर्ने हुनाले समुन्द्र तथा खोलाको नजिक नजानुहुनका लागी पनि अनुरोध गरीएको छ ।
यस वर्षको हाल सम्मको अत्याधीक ठुलो मानिएको ताइफु अगष्ट ३० तारीकमा पश्चिमी जापानबाट जापानको पुर्व तर्फ प्रवेश गरी सेप्टेम्बर २ तारीक सम्ममा विभीन्न क्षेत्रमा असर पुराउने अनुमान गरीएको छ । जापानमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु साथै हालसालै जापान आइ ताइफुमा पहिलो पटक पर्नुभएमा विशेष ध्यान दिनु पर्ने देखीएको छ । ताइफुका कारण विभीन्न सामानहरु उडाउने हुनाले आफ्नो पुर्व तयारी गर्नुहोला साथै अत्यावश्यक भन्दा अन्य समयमा बाहिर ननिस्कनुहुनका लागी पनि अनुरोध गर्दछौ ।

Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *