फुकुओका

सेप्टेम्बर १४

फुकुओकाको इतिहासको सबै भन्दा पहिला सुरुवात भएको फुकुओका नेपाल सोसाइटीले विगतका वर्षमा झै यस वर्ष पनि यही सेप्टेम्बर १७ तारिक आईतबार गर्न लागेको फुनेसो तीज विशेष कार्यक्रम २०२३ मा प्रस्तुती दिनका लागि नेपालकै चर्चित कलाकार कल्पना दाहाल र प्रीति आले सेप्टेम्बर १४ तारिकका दिन फुकुओकामा पुगेका छन् । फुकुओका नेपाल सोसाइटीले विगतका वर्षमा पनि नेपालबाट विभिन्न कलाकारहरु बोलाई प्रत्येक वर्ष तीज कार्यक्रम लगायत अन्य विभिन्न कार्यक्रमहरू गर्दै आई रहेको छ । नेपालमा पनि विभीन्न मेला महोत्सवमा माग भैरहदा पनि उनीहरु आफनो प्रस्तुति दिन जापान आएको कुराले परदेशमा चाडपर्व खल्लो बन्ने भयो भनेर पिरमा रहनु भयका नेपालीहरुको मनमा हर्ष उल्लास छाएको छ। साथै फुकुओकामा विभीन्न स्थानीय कलाकारको पनि वेजोड प्रस्तुती रहने जानकारी आयोजक फुनेसोका अध्यक्ष इन्द्र प्रसाद घलेले जानकारी दिनुभयो ।

त्यसै क्रममा सेप्टेम्बर १७ तारिकका दिन फुकुओकाको चिहाया स्टेसन नजिक रहेको नामिकी स्क्वायर हलमा सम्पन्न गर्नका लागी एनआरएनए क्यूस्यु, मोना क्युस्यु, नेपाल जापान फ्रेण्डसिप लायन्स क्लव, सुदुर पश्चिमेली नेपाली समाज क्यूस्यू लगायतका संस्थाहरुको सहकार्यमा विभीन्न तयारी पुरा भएको आयोजकले बताएको छ । यसपालीको कार्यक्रमको टिकट साधारण १,००० येन रहेको छ ।

Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *