फुकुओका
२०२२ नोभेम्बर ८
विगत १० वर्ष देखि जापानको फुकुओका सहरमा विभिन्न नामले आयोजना हुँदै आएको नेपाल फेस्टिवल फुकुओका मिति २०२२ अगस्ट ६ तारिकका दिन भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो। नेपालका सम्माननीय पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ज्यूले उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रम नेपाल र नेपालीहरुको पहिचान जापानिज समुदायमा चिनाउने उदेश्यले सुरुवात गरिएको थियो। विगत २ वर्ष देखि संसारभर विकराल रूपमा फैलिएको कोरोना भाइरसका कारण गर्न नसकिएको फेस्टिवल २ वर्ष पछि गर्दा जापानिज र नेपाली गरी करिब ३००० जना भन्दा बढीले फेस्टिवल अवलोकन गरेको जानकारी नेपाल फेस्टिवल मूल आयोजक समिति संयोजक अर्जुन बगालेले जानकारी दिनु भयो ।
उक्त फेस्टिवलकाे आर्थिक तथा सामाजिक कार्यहरु सम्पन्न गरी प्रतिवेदन तयार भयको र उक्त प्रतिवेदन सार्वजनिक तथा समीक्षा मिति २०२२ नोभेम्बर १३ तारिक आईतबारका दिन बेलुका ६:३० बजे फुकुओकाको मिनामी सिमिन सेन्टरमा आयोजना गर्न लागिएकोले सम्पूर्ण सरोकावालाहरूलाई उपस्थितिको लागि संयोजक बगालेले अनुरोध गर्नु भयो ।