funeso-deuso-bhailo

अक्टोबर २७, २०२२
फुकुओका
फुकुओका सहरमा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था फुकुओका नेपाल सोसाइटीले विगतका वर्षमा जस्तै यो वर्ष पनि हिन्दुहरुको दोस्रो महान चाड शुभ दिपावलीको अवसरमा सामुहिक देउसी भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको जानकारी संस्थाका अध्यक्ष माधव सिग्देलले दिनुभयो ।


परदेशमा भएता पनि नेपाली कला संस्कृतिको जगेर्ना गर्न विभीन्न कार्यक्रमहरुको आयोजना गर्दै आइ रहेको उक्त संस्थाले फुकुओकामा अवस्थीत ३ वटा नेपाली रेस्टुरेन्टमा गरीएको कार्यक्रममा विभिन्न तह र तप्काका व्यक्तिहरुको उपस्थीति रहेको थियो । उक्त देउसी भैलो कार्यक्रमबाट १,४८,१०२ येन संकलन भएको र उक्त रकम सामाजीक कार्यमा खर्च गरीने अध्यक्ष सिग्देलले जानकारी दिनुभयो ।

Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *