無料イラスト【イラストAC】

फुकुओकामा छैटौँ समर कप मिति २०२२ सेप्टेम्बर १० मा फुकुओकाको माचुसिमामा भव्यताका साथ सम्पन्न भयको छ । विगत ७ वर्ष अगाडि जापानको फुकुओकामा श्री गणेश खुकुरी कल्वले सुरु गरेको हालको फुकुओकाकै सर्वोकृष्ट पुरस्कार राशीको फुटसल आयोजना गर्दै आइरहेको जानकारी कल्बका म्यानेजर इन्द्र प्रसाद घलेले जानकारी दिनु भयो ।

यस पालिको समर कपमा जापानको विभिन्न ठाउँको २४ वटा टिमले सहभागिता जनाएको टुर्नामेन्टमा संस्करण सुरुवात भए पछि तेस्रो पटक फाइनलमा प्रवेश गरेको आयोजक तथा श्री गणेश खुकुरी क्लबले २ गोलका विरुद्ध ३ गोल गर्दै प्रथम स्थान र पहिलो पटक फाइनलमा प्रवेश गरेको सुपर एट फुटबल क्लबले दीप्तिय स्थान हात पार्न सफल भयको छ । प्रथम र द्वितीय हुने टिमले क्रमसः ५,११,१११ येन र २,११,१११ येन सहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको छन । दुवै टिमले उत्कृष्ठ खेल प्रदर्शन गरेका थिए ।

त्यसैगरी क्वाटर फाइनल खेलको श्री गणेश विरुद्ध ओहासी बीचको म्यान अफ द म्याच सुमन तामाङ, वाजिरो विरुद्ध मिनामी बीचको खेलको म्यान अफ द म्याच रविजङ शाही, खुकुरी कल्वका विरुद्ध गोर्खाज ब्रदर्स बीचको खेलमा म्यान अफ द म्याच साजन प्रधान, बज्र विरुद्ध सुपर एट बीचको खेलमा म्यान अफ द म्याच प्रदीप मडाई, सेमी फाइनल म्यान अफ द म्याच मा श्री गणेशका विरुद्ध मिनामिकाे खेलमा रञ्जित गुरुङ्ग र खुकुरी विरुद्ध सुपर एट बीचको खेलमा म्यान अफ द म्याच रजिन पाण्डे र फाइनल खेल श्री गणेशका विरुद्ध सुपर एट बीचको म्यान अफ द म्याच सुजन पुन, सर्वाधिक गोल कर्ता धर्मेन्द्र शाही, रञ्जित गुरुङ्ग उत्कृष्ठ किपर र असीक गुरुङ्गले बेस्ट प्लेयर हात पार्न सफल हुनु भयको छ ।

श्री गणेश खुकुरी क्लबले खेल क्षेत्र सँगसँगै विभिन्न सामाजिक कार्यमा पनि अग्रसर रहेकाे जानकारी कार्यक्रम संयोजक प्रदीप कुमार राईले जानकारी दिनु भयो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *