無料イラスト【イラストAC】kyushu-summit


२०२२ अगष्ट ३०

हाम्रो नेपाल हामी नेपाली अभियान जापानले प्रारम्भ गरेको क्युस्युमा रहेका नेपाली संघ संस्थाहरुको बृहत अन्तरक्रिया कार्यक्रम क्युस्यु समिट २०२२ आयोजना गर्न लागेको कुरा सहर्ष जानकारी गर्दछौं । २०१६ मा गठन भै क्युस्युमा विभीन्न सामाजिक कार्यहरु गर्दै आइरहेको यस संस्थाले क्युस्युमा विभीन्न तौर तरीकाबाट समाजीक सेवामा लागेका संस्थाहरुको लक्ष्य एकै गरी सामाजीक कार्यमा एकजुट भै लाग्न प्रेरीत गर्ने उद्देश्यले २०१९ फेब्रुअरी १० तारीकका दिन प्रथम क्युस्यु समिटको आयोजना गरेको थियो । उक्त समिट प्रत्येक वर्ष गर्ने योजना रहे पनि संसार भर विकराल रुपमा फैलीएको कोरना भाइरसका कारण २०२० र २०२१ मा हुन सकेन । यस वर्ष पनि मार्च महिनामा गर्ने भनि सम्पुर्ण तयारी सकीएको अवस्थामा पुन कोरना भाइरसका कारणले स्थगित गरीएको कुरा कार्यक्रम संयोजक विनोद सुनारले जानकारी दिनुभयो । अहिले पनि कोरना पुर्ण रुपमा निर्मुल न भैसकेको भएता पनि सुरक्षाका उपायहरु पुर्ण रुपमा पालना गर्दै कार्यक्रम गर्न लागीएकोले उपस्थीत सम्पुर्णमा आफु पनि बचौ र अरुलाई बचाऔ भन्ने भावनाले उपस्थीत भै दिनु हुन आयोजक समिति हार्दीक अनुरोध गर्दछ ।


यस समिटले आगामी दिनमा नेपाल र नेपालीहरुलाई जापानीज समुदायमा चिनाउनका लागी क्युस्युमा रहेका सम्पुर्ण संस्थाहरुले हातेमालो गर्दै एकै खालको कार्यक्रम निमार्णमा प्रेरणा पुग्ने अपेक्षा पनि गरीएको छ । साथै नेपाली समुदायमा दिनहु बढीरहेका समस्याहरुको पहिचान गरी त्यस्ता समस्या समाधानमा संस्थाबाट गर्न सकीने भुमीका, चुनौती जस्ता कुराको पहिचान गरी आगामी दिनमा के कसरी अगाडी बढ्ने भन्ने योजना निमार्ण यस कार्यक्रमको मुख्य उद्देश्य रहेको र उक्त अन्तरक्रीया कार्यक्रममा सहभागीताको लागी सम्पुर्ण संस्थामा पत्रचार गरीएको भएता पनि पत्र प्राप्त नभएको अवस्थामा यसै सुचनालाई आधार मानी यहि मिति २०२२ सेप्टेम्बर ११ तारीकका दिन मीनामी सिमीन सेन्टरमा ठिक ११ बजे उपस्थीत भै दिनुहुनको लागी हाम्रो नेपाल हामी नेपाली अभियानका प्रमुख संयोजक धर्मराज अधिकारीले अनुरोध गर्नुभएको छ ।

अभियानले स्थापना भए देखिनै २०१७ देखि २०१९ सम्म मोटिभेसनल कार्यक्रमको आयोजना सँगै, BBQ कार्यक्रम, स्वास्थ्य परिक्षण, साथै जापानमा रहेका बाबु नानीहरूलाई नेपाली भाषा संस्कृति सिकाउने उदेश्यले बाबुनानी कार्यक्रम पनि निरन्तर गर्दै आई रहेको जानकारी संयोजक अधिकारीले दिनु भयो ।

写真素材無料【写真AC】
,
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *