無料イラスト【イラストAC】funeso-annual-meeting

२०२२ अक्टोबर १८
फुकुओका
१९९५ सालमा स्थापीत जापानको क्युस्यु क्षेत्रको फुकुओका सहरमा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था फुकुओका नेपाल सोसाइटी हाल गौरवमय २६ औं कार्यकालको दोस्रो वर्षको मध्य भागमा पुगेको सम्पुर्णमा अवगत नै छ । स्थापना काल देखी २५ औं कार्यकाल सम्म १वर्षे कार्यकाल भएका कारणले वार्षिक रुपमा अधिवेशन गरीआएकाले गर्दा आज भन्दा पहिला साधारण सभा हुने गरेको थिएन तर २६ औं कार्यकालबाट २ वर्षको कार्यकालको सुरुवात भएकाले यस वर्ष साधारण सभा गर्न लागेका छौ । साधारण सभा यहि अक्टोबर २९ तारीकका दिन मिनामी सिमीन सेन्टरमा दिनको १ बजेबाट आयोजना गर्न लागीएको र यस पावन अवसरमा विभीन्न संस्थाका प्रतिनिधी, अग्रज व्यक्तित्व, पत्रकार महानुभाव लगायत सम्पुर्णको गरीमामय उपस्थीतीको लागी हार्दिक अनुरोध गरेको कुरा संस्थाका अध्यक्ष माधव सिग्देलले जानकारी दिनुभयो ।


फुकुओका नेपाल सोसाइटीले स्थापना काल देखि हाल सम्म फुकुओका सहरमा बस्ने नेपालीहरुलाई एकताबद्द गर्दै नेपालको महत्वपूर्ण चाडबाडहरुमा भेटघाट तथा सास्कृतिक कार्यक्रम हरु गर्दै आइरहको छ । नेपाली कला संस्कृतीलाई जापानिज समुदाय माझ चिनाउन नेपाली संघ संस्थाहरु संग हातेमालो गर्दै नेपाल फेस्टिवलको संचालन लगायतका जापानिज समुदायले आयोजना गर्ने कार्यक्रम कार्यक्रमहरुमा सहभागी हुदै आइरहेको पनि संस्थाका अध्यक्ष सिग्देलले बताउनु भयो । साथै आगामी दिनमा पनि नेपाल र नेपाली संस्कृति जोगाउन र फुकुओका सहरमा रहनु भएका नेपालीहरुलाई एकतावद्ध गरी अगाडी बढन विभीन्न कार्यक्रमहरु आयोजना गर्ने योजना रहेको पनि बताउनु भयो ।

साधारण सभा

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *