無料イラスト【イラストAC】sigrace

फुकुओका
अप्रिल २२
युना इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको वल्र्ड टुर विथ साइग्रेस जापान अन्तरगत २०२३ मे ३ तारीकमा फुकुओकामा सो हुन लागेको छ । साइग्रेस शब्दहरु मर्फत दर्र्शक श्रोताहरुलाई मन्त्र मुग्ध बनाउन सफल स्टोरीटेलरको परिचय बनाउन सफल पात्र हुन । विभीन्न सामाजिक संजाल मार्फत कथाबाचन गरेर श्रोताहरुको माझमा चर्चित भएका उनि आजकल विभीन्न स्टेज कार्यक्रमहरुका साथै कार्यक्रमका लागी देश विदेशका स्टेजमा देखीन्छन ।
उनकै शब्दमा भन्नु पर्दा युवाहरुले आफ्नो साथीभाइ जस्तो मानेर आत्मीयता देखाउदछन भने आमा बुवाहरु छोरा नातीले सुनाएको कथा भनेर सुन्ने गरेको अनुभवहरु सुनाउने गरेका छन ।
फुकुओका लगायत मे २ मा नागोया, ५ मा टोकियो र ७ मा ओशाकामा कार्यक्रमको लागी भव्य तयारी गरीएको कार्यक्रम आयोजक समितिले बताएको छ । फुकुओकाका लागी आयोजकको रुपमा केसी कम्पनी रहेको छ । केसी कम्पनी जापानको फुकुओकामा स्थापित एक सफल कम्पनीको रुपमा परिचीत कम्पनी हो ।
यस कार्यक्रम फुकुओकाको हाकाता सिमीन सेन्टरमा बेलुका ६ बजेबाट ८ः३० सम्म चल्ने र कार्यक्रमको नर्मल टिकटको २,५०० येन र डिनर सहितको ४,५०० येन रहेको छ । डिनरका लागी केसी कम्पनी अन्तरगतको कागबेनी नेपाली रेस्टुरेन्टमा तयारी गर्ने र कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सम्पुर्ण तयारीहरु सकिसकेको केसी कम्पनीका म्यानेजीङ्ग डाइरेक्टर ज्योती केसीले बताउनु भयो ।
केसी कम्पनीका ज्योती केसी व्यवसायीक क्षेत्रमा एक उदाउदो नाम हो । कम्पनीका ज्योती केसी व्यवसायीक क्षेत्रमा एक उदाउदो नाम हो । उहाँले फुकुओकाका विभीन्न ठाँउ लगाएत नेपाल भारत लगाएत जापानको अन्य ठाँउमा पनि व्यवसाय विस्तार गर्ने योजना रहेको र नेपाली कला संस्कृति जोगाउन व्यत्तिगत र कम्पनीको तर्फबाट यस्ता कार्यक्रमहरुको आयोजना गर्दै जाने योजना रहेको पनि बताउनु भयो । उहाँ लायन कल्बमा पनि पीएमजीएफ (Progressive Melvin Jones Fellow )सम्मको डोनेशन गरिसक्नु भयको छ । यस कार्यक्रम सहभागीताका लागी प्रमुख आकर्षकको रुपमा रहनु भएका साइग्रेसले पनि व्यक्तिगत सामाजिक संजालबाट सहभागीताका लागी अनुरोध गर्नु भएको छ ।

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *