जापान
अक्टोबर २७
जापानमै पहिलोपटक तराई समाज जापानको आयोजनामा छठ पर्व मनाउने कार्यक्रम आयोजना गर्न लागीएको छ । विशेष गरी नेपालको तराई भुभागमा मनाइदै आइरहेको छठ पर्व जापानमा पनि तराई समाजले आयोजना गर्न लागेको तराई समाज जापानका अध्यक्ष सन्नु कुमार साहले बताउनु भयो ।
कार्यक्रमको तालीका अनुसार अक्टोबर २६ तारीकका दिन साँझ ७ बजेबाट ८ बजेसम्म कर्न सम्पन्न गरेसँगै २७ तारीक साँझ ४ बजेबाट ६ बजेसम्म सन्ध्या आग्र गर्ने र २८ तारीक बिहान ५ बजेबाट ६ बजेसम्म उषा आग्र गर्ने कार्यक्रम रहेको अध्यक्ष साहले बताउनु भयो ।
तराई समाज जापानले नेपालको तराई भुभागको चालचलन रितीरीवाजहरुको जगेर्ना गर्ने उद्देश्यले स्थापनाकालबाट नै विभीन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।



